विश्व जुनियर सर्किट टेबलटेनिसमा स्यान्टु र संयोगले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

राजेश थापामगर

काठमाडौं । आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । टोलीमा दुई खेलाडी स्यान्टु श्रेष्ठ र संयोग कपाली तथा प्रशिक्षक सञ्जय अर्याल रहेका छन् ।

अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन हुने प्रतियोगितामा स्यान्टु र संयोगले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, महासचिव शंकर गौतमलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट