काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघ काठमाडौं कार्यसमितिको अध्यक्षमा दिवाकर घले निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न भएको संघको साधारण सभाले घलेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा बिजयसिंह प्रधान, सचिवमा राजु बस्न्यात, कोषाध्यक्षमा महेश्वर श्रेष्ठ, सदस्यमा मनिष ढुङ्गेल, कलाम अली, विजितध्वज प्रधान, दिपेश पौडेल, विजय कुमार शर्मा, शैलश कर्माचार्य, सचिन तिमिल्सिना रितेश डंगोल, रमन श्रेष्ठ, अजयबीर पाण्डे र महेश्वर श्रेष्ठ रहेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट