आगलागीबाट चार लाखको नोक्सान

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

कपिलवस्तु, १ कात्तिक । आज बिहान ४ बजेतिर कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । आगोबाट घरमा भएको तीनतोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग चार लाखरुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयका अनुसार फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको हो । स्थानीयको प्रयासमा बिहान ८ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडासमेत आगलागीबाट जलेर नष्ट भएका छन् । आगलागीबाट गोठमा रहेको एउटा गोरु मरेको छ भने तीन वटा गोरु घाइते भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट