नेपाली फुटसल टिमको निराशाजनक प्रदर्शन 

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

राजेश थापामगर

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेलमा नेपाल जितबिहिन भएको छ । दक्षिण तथा सेन्टर एसिया समूहअन्तर्गत समूह ए मा रहेको नेपाल आफ्नो तीनवटै खेलमा पराजित भएको छ ।

पहिलो खेलमा उज्बेकिस्तानसँग १४-१ तथा दोस्रो खेलमा किर्गिस्तानसँग ५-० गोल अन्तरले पराजित भएको नेपाल अन्तिम तथा तेस्रो खेलमा तुर्कमिनिस्तानसँग ९-३ गोल अन्तरले पराजित भएको छ । पहिलो र दोस्रो खेलमा भन्दा तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरेको नेपालले पहिलो हाफसम्म तुर्कमिनिस्तानलाई ३-३ गोलको बराबरीमा रोककोे थियो ।

दोस्रो हाफमा सम्हालेर खेल नसक्दा नेपालले थप ६ गोल ब्यहोर्न पुग्यो र खेल तुर्कमिनिस्तानलाई सुम्पन्न पुग्यो । मंगलबार इरानको टाब्रिजस्थित पाउर सरफी फुटसल हलमा भएको खेलमा नेपालका लागि सुरज राउत, नबिन लामा र निर्मल गुरुङले एक-एक गोल गरे ।

यस समुहबाट तीनैवटा खेल जितेको उज्बेकिस्तान र दुई खेल जितेको किर्गिस्तान आगामी वर्ष चाईनिज टाईपेमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनौट भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट