दोस्रो खेलमा पनि नेपाली फुटसल टिम पराजित

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार

राजेश थापामगर

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेल अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार इरानको टाब्रिजस्थित पाउर सरफी फुटसल हलमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो । किर्गिस्तानको तर्फबाट अकताई टसटानोभले दुई, इलियाज अलिमोभ, उलानबेक बैगाजी र इमिल केनीटोभ समान १-१ गोल गरेका थिए ।

पराजयसँगै पहिलो पटक अन्तर्राष्ट्रिय फुटसलमा सहभागिता जनाएको नेपालको आगामी वर्ष चाईनिज टाईपेमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनौट हुने सम्भावना सकिएको छ ।

नेपालले आईतबार भएको पहिलो खेलमा उज्बेकिस्तानसँग १४-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार तुर्कमिनिस्तानसँग खेल्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट