नेपाली फुटसल टिमको फराकिलो पराजय

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

राजेश थापामगर

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेल अन्तर्गत बलियो प्रतिद्वन्दी उज्बेकिस्तानविरुद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।

आईतबार इरानको टाब्रिजस्थित शहिद पाउरसरिफिमा भएको समूह ए को खेलमा नेपाल उज्वेकिस्तानसँग १ का विरुद्ध १४ गोलको फराकिलो गोल अन्तरले पराजित भएको हो । उज्वेकिस्तानका लागि राख्मटोभले ह्याटिक गरेका थिए ।

त्यस्तै कोरिभ, युनुसोभ र साभकाटोभले समान २-२ तथा अब्दुमभ्ल्यानोभ, अब्दुर्याख्मोनोभ, राख्मोटोभ र निसोनोभले १-१ गोल गर्दा एक गोल भने उज्बेकिस्तानले उपहार स्वरुप नेपाला सौरभ मगरले गरेको आत्मघाती गोल मार्फत पाएको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको नेपाली फुटसल टिमका लागि कप्तान सुरज राउतले नेपालकै लागि पहिलो अन्तराष्ट्रिय गोल गरे । अब नेपालले सोमबार समूहको दोस्रो खेलमा किर्गिस्तानसँग सामना गर्नेछ ।

असोज २७ देखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत समूहमा शीर्ष दुई स्थानमा रहने टिम चाईनिज टाईपेमा हुने १५औँ संस्करणको एएफसी फुटसल च्याम्पियनसिपका लागि छनौट हुनेछन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट