अमेरिका विश्वकप छनोटबाट बाहिरियो

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं । बुधबार बिहान समूहमा अन्तिम स्थानमा रहेको टोली ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले पराजित हुँदै अमेरिका विश्वकप छनोटबाट बाहिरिएको छ ।

यो हारसँगै संयुक्त राज्य अमेरिका विश्वकप फुटबलका लागि छनोट हुन असफल भएको छ । सन् १९८६ पछि अमेरिकाले पहिलो पटक विश्वकप खेल्न नपाउने भएको छ ।

उत्तर अमेरिका तथा क्यारेबियन समूह कोन्काकाफबाट यसपटक मेक्सीको समूह विजेताका रुपमा विश्वकपमा प्रवेश गरेको छ ।

दोस्रो स्थानमा रहेको कोस्टारिका तथा तेस्रो स्थानमा रहेको पानामा पनि सिधै विश्वकपमा छनोट भएका छन् । विश्वकपका लागि पानामा पहिलो पटक छनोट भएको हो ।

यस्तै चौथो स्थानमा रहेको होण्डुरसले प्ले अफ् चरणमा ठाउँ बनाउँदै एशियाली समुहको अष्ट्रेलियासँग विश्वकप छनोटका लागि प्ले अफ खेल्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट