टाउकोको बाहिर दिमाग लिएर जन्मिएकी रोज (तस्बिरसहित)

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

अक्सफोर्डको जोन रेटक्लिफ अस्पतालमा एनाली नाम गरेकी एक २४ वर्षीया महिलाले अचम्मको बिरामीसँगै एक विचित्र बच्चालाई जन्म दिएकी छन् । जन्मेदेखि नै उक्त शिशुको दिमाग टाउको बाहिर निस्किएको थियो ।

मे रोज नाम राखिएकी उक्त शिशकोु जन्मेको ८ महिनामा मृत्यु भएको थियो । डाक्टरहरुका अनुसार रोजलाई इनसिफालोसिली नामक रोग लागेको थियो । यो रोग तब दुर्लभ मानिन्छ जब दिमाग र स्पाइनल कार्डको माथि बन्ने एक लेयर राम्ररी बन्द हुन पाउँदैन ।

यसकारण दिमागको एक भाग थैली जस्तै खोपडीको बाहिर वृद्धि हुँदै जान्छ । रोजकी आमाले यतिका महिना रोजले दुखाई सहदै यो बिरामीसँग लड्दै आफूलाई बचाउँने प्रयास गरेको बताईन् । अन्त्यमा रोजले हार मानेर यो संसारबाट शिदा लिइन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट