रिपोर्टर नेपाल समाचार
काठमाडौं । नेपाल प्रहरीका तत्कालिन डिआइजी नवराज सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले टीका र माला लगाएर पार्टी प्रवेश गराएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा सिलवाललाई एमालेमा प्रवेश गराइएको हो । सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत पुगेका थिए ।
सरकारले अदालत गएकाले सिलवाललाई एआईजीमासमेत बढुवा नगरेपछि अदालतबाट पनि न्याय नपाएको भन्दै सिलवालले राजीनामा दिएका थिए ।