रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । आज बडा दशैँको छैठौं दिन, बिहानैदेखि देशका विभिन्न शक्तिपीठ तथा घर–घरमा कात्यायनी माताको पूजा गरी मनाइँदै छ ।
कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ ।
राजधानीका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।