दशैँ विशेष : नौरथाभरि नौ नारी

छोराको सट्टा छोरी भइदिएको भए कति राम्रो हुन्थ्यो : रागिनी (भिडियोसहित)

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौंको बौद्ध खरीबोट बस्दै आएकी रागिनी । उनले आँखा देख्दिनन् । श्रीमान बितेको २८ वर्ष भयो । छोरा भए पनि उनी एक्लै आफ्नो गुजारा चलाउँदै आएकी छन् । रागिनी हरेक दिन बिहान बौद्धबाट गौशाला पशुपति मन्दिर परिसरमा आएर बस्ने गर्छिन । मन्दिर दर्शन गर्न आएका कतिपयले उनलाई पैसा, खानेकुरा दिन्छन । दशैँको बेलामा पनि छोरा बुहारीले वास्ता नगर्दा उनलाई दशैँ आए नआएको कुनै रमाईलो छैन । भक्तहरुले दिएको खाँदै आफ्नो जीविकोपार्जन गर्दै आएकी रागिनी,बडा दशैँको पाँचौ दिन रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा  :

यहाँ बसेको कति भयो ?
थुप्रै भयो । मेरो बुढा मरेको २८ वर्ष भयो । यहाँ २८ वर्षदेखि नै बसेको हो ।

आँखा देख्नुहुन्न ?
नाई(देख्दिन) ।

बौद्ध बस्छु भन्नुभयो पशुपति मन्दिरसम्म कसरी आउनु हुन्छ ?
म ट्याक्सीमा आउँछु । ट्याक्सीमा सय रुपैयाँ तिरेर आउँछु । कोही ट्याक्सीवाला ५० रुपैयाँमा पनि पुगाइदिन्छ, कोही पैसा लिदै लिदैन । कोही माइक्रो, स्कुटरमा पु¥याइदिन्छ । हजुरहरुको क्रिपाले पर्ुयाइदिनु हुन्छ ।

यहाँ कति बजेदेखि बस्नु हुन्छ ?
बिहान पाँच÷साढे पाँच बजे आइपुग्छु । जाने कुनै समय छैन । अहिले साढे दशमा जान्छु । भक्तले पु¥याइदिन्छन् ।

घरमा को को हुनुहुन्छ ?
तीनवटा छोरा छन् । मेरो दुई वटा बच्चाको विवाह भइसकेको छ । एउटाको भएको छैन । छोराहरु कोही दिल्लीमा बस्छन, कोही मावलीमा बस्छन् ।

तपाईंको पुर्खौली घर कहाँ हो ?
भारतको बिहारमा हो । मेरो बुढा रंगको काम नेपालमा गथ्र्यो । उ बितेपछि म यही बसेको हो ।

छोराहरुले भेट्ने, फोन गर्ने गर्दैनन् त ?
भेट्दैनन् । फोनै दिदैनन् म के गर्ने ? कहिले काही त आउँछ हेर्छ अनि जान्छ । माइलो छोरा आउँछ, जेठो छोरा आउँदैन । म यहाँ कान्छो छोरासँग बस्छु ।

कान्छो छोराले के गर्छ ?
अब त्यहि त हो, यहाँको मान्छे कमायो खायो कुरा त्यहि हो ।

कान्छो छोराले आमा नजानु घरै बस्नु भन्दैन त ?
अब धन सम्पत्ति भए त हेर्ने हो नि, धन सम्पत्ति छैन कसरी हेर्छ त । बुढा हुँदा पनि काम गरेर रक्सी खाँदै ठिक्क अनि मसँग पैसा छैन । अनि कहाँ बाट हेर्छ छोराले । अरुलाई दोष दिनु हुँदैन, आफ्नो कर्मलाई दोष दिनु प¥यो ।

छोराहरुसँग गुनासो छैन ?
अब के को गुनासो ।

भक्तहरुले तपाईंलाई के के दिन्छन् ?
भक्तहरुले लुगा, पैसा दिन्छ । त्यही लुगा लगाउछु बस्छु, अनि आफ्नो समयमा कोठा जान्छु ।

अहिले के खानु भयो ?
मैले भक्तहरुले दिएको पुरी तरकारी खाएको ।

दिनमा कति कमाई हुन्छ, पैसा कसलाई दिनु हुन्छ ?
कहिले हुन्छ, कहिले हुँदैन । कमाएको पैसाले कोठा भाडा तिर्छु । घरपट्टीले भात पकाएर दिन्छन् । कान्छो लाखापाखा लाग्छ । मैले कोठाबाल २५ सय तिर्नु पर्छ, घरपट्टीले नै भात पकाइदिन्छ ।

कोठामा तपाईं एक्लै बस्नु हुन्छ ?
घरपट्टी छ नि त । गाह्रो छैन । छोरा कहिले कहिले आउँछ ।

इण्डियाबाट छोराहरु भेट्न आउँदैनन्, छोराको माया लाग्दैन त ?
जेठो छोरा छ, आउँदैन । नहेरे पछि मलाई के को माया ? उसको हजुर आमालाई हेर्छ, मलाई हेर्दैन । उनीहरुले नहेरे पनि मलाई भक्तले हेरि हाल्छन् ।

आँखा कहिलेदेखि देख्न छोड्नु भयो ?
मेरो खुट्टा डढेदेखि आँखा देख्न छोडेको हो । यहि काठमाडौंमा भात पकाउदा डढेको, तीन वर्ष भयो । कुर्ता सुरुवाल लगाएको थिए, स्टोभले टिप्यो अनि जल्यो । उपचार कान्छो छोराले गरेको हो । कान्छो छोरो के गर्छगर्छ, मलाई बताउँदैन ।

तपाईंलाई कुनै बेला दिक्क लाग्दैन, छोराले पनि हेर्दैन भनेर ?
ए बाबु ! बैरागी गरेर म के गरौं ? बैरागले जिन्दगी चल्छ त ? आफ्नो मार्का आफै बुझ्नु पर्छ । भगवानको खटन, पहिला स्कुल पढ्दाखेरी मैले आँखा देख्थे । आमा बुबाको गल्तीले गर्दा विवाह, दान ग¥यो । बुढा जडिया थियो । जडिया भए पनि जसरी पनि जीवन निर्वाह त गर्नै प¥यो । आइमाई भएर ढोको फेरिन्छ, कर्म फेरिदैन । आपूmलाई यहि पशुपति भोला बाबाले दिन्छ, खान्छु, हिड्छु । अब खुट्टा डढे पनि पेट त डढेको छैन नि नानी । बरु छोराको सट्टा छोरी भइदिएको भए कति राम्रो हुन्थ्यो, के गर्ने । छोराले त हेर्दैन ।

तपाईंले कति पढ्नु भएको छ ?
म इण्डियामा १० सम्म पढे । म एउटा छोरी, खाली फिल्म हे¥यो, छोरीले पढेर के गर्छ भनेर नपढेको । सरले परीक्षा नदिएपछि हिर्कायो त्यसैले नपढेको । दुई भाई छन् मेरा, दिदी मै हुँ । मेरो बुवा छैन, आमा छ । आमा अस्ति आएर भेटेर गएको थियो ।

दशैँ, छठ आउँदैछ, मनाउनु हुन्छ कि हुन्न ?
भक्तहरुले दिनकै मासु पैसा दिए दशैँ मान्ने हो । मलाई त जस्तो दियो त्यस्तै लगाउनु हिड्ने हो । आफ्नो शिरको सिंन्दुर गइसक्यो, चुरा गयो के काम । भक्तहरुले मनाउछन्, मासु त जहिले खाए पनि भइहाल्यो । जस्तो छ पिर गर्नु हुँदैन । म आफै रमाउँछु, दुःख सुख आफ्नो मार्का आफैलाई थाहा छ, के गर्ने त ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट