दशैँ विशेष : नौरथाभरि नौ नारी

महिला पुजारीसँग होइन उता बाहुनसँग टीका लगाउने भन्छन् : अप्सरा जमकट्टेल (भिडियोसहित)

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

भक्तपुर घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएकी अप्सरा जमकट्टेल । उनी महिला पुजारी अर्थात जजमानी गर्ने गर्छिन । श्रीमानसँग जाँदाजाँदै जजमानी गर्न थालेकी अप्सरा विगत ८ /९ वर्षदेखि यो पेशामा सक्रिय छिन । काठमाडौंको बंगलामुखी, कृष्ण मन्दिर, भद्रकाली मन्दिरमा विशेष मेलाको बेला उनी मन्दिर परिसरमा बसेर जजमानी गर्दै आएकी छन् । साँखुको साली नदीमा स्वस्थानी मेलाका बेला त उनी एक महिनासम्म उतै बस्ने गरेको बताउँछिन् । धेरैले महिलाले जजमानी गरेको भन्दै विश्वास नगरे पनि उनी आफ्नो कामप्रति गर्व गर्छिन । जजमानी गर्ने उनै अप्सरासँग बडा दशैँको तेस्रो दिन रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा रेनु कार्कीले गरेको कुराकानी :

महिला भएर पूजारीको काम गर्नु हुँदो रहेछ, कसरी आउनु भयो यो क्षेत्रमा ?

पहिला मेरो श्रीमानले घरतिर जजमानी काम गर्नुहुन्थ्यो । काठमाडौं आएपछि उहाँ मन्दिर, मेलालगायत ठाउँहरुमा पूजारी काम गर्न जानु हुन्थ्यो । म पनि उहाँसँग जाँदाजाँदै मलाई पनि जान मन लागेर जान थालेको हुँ । मैले आफैले जानेर यो क्षेत्रमा लागेको होइन, श्रीमानसँगै जाँदाजाँदै सिकेर लागेको हो । म आफै यो क्षेत्रमा लागेको आठ/नौ वर्ष भयो । हामी दुवैजना प्राय मन्दिरमा सँगसँगै वा टाढा नजिक गरेर पूजा गर्न बस्ने गर्छौ । तर म चाहिँ विशेष विशेष बेलामा मेला, चाडपर्व परेको बेलामा मन्दिरमा जान्छु । पहिला पहिला नौरथामा नौ दिन भद्रकाली गएको थिएँ । अहिले मेरो श्रीमान विदेश जानु भएको छ, त्यसपछि चाहिँ गएको छैन । उहाँ सँगै जाने बस्ने र सँगै जाने आउने गर्थे अहिले चाहिँ भाईहरु छन म सँग मन्दिर जाँदाखेरीका साथी । कमाउनु त हो नि, अरु गर्नु होइन भनेर कहिले काही भाईहरु छैनन् भने पनि म एक्लै भए पनि जान्छु ।

रहरले हो कि बाध्यताले यो काम गर्न मन लाग्यो ?

म रहरले पनि होइन बाध्यताले पनि होइन । जाँदाजाँदै बानी परेपछि कमाउन के हुन्छ र ? जे गरे पनि कमाउनु त हो नि जस्तो लाग्छ त्यहि भएर नै हो । कमाउने हिसाबले यो पेशामा लागेको हो र हाम्रो पुर्खौदेखि यस्तै काम गर्ने भएकोले पनि हो । बुबा, ससुराहरुले गरेको देखेर उहाँहरु सँगसँगै मैले पनि गर्दा हुन्छ नि किन मैले गर्दा नहुने हो र ? भन्ने लाग्थ्यो । हाम्रो परिवारमा महिलामा म मात्रै हो यस्तो काम गरेको ।

तपाईंले तपाईं जस्तो महिला अरु पूजारी देख्नु भएको छ ?

हाम्रो परिवारमा त कोही पनि हुनुहुन्न । तर, मैले मन्दिर जाँदाजाँदै चिनेको महिलाहरु म भन्दा केही पाकाहरु हुनुहुन्छ ।

घरपरिवारमा यो नगर कसैले भन्नु भएको छैन ?

कसैले पनि भन्नु भएको छैन । रिसाउने, मन नपराउने गर्नु भएको छैन, अझ श्रीमानसँग जाउ, गर्नुपर्छ, जाँदाखेरी के भो र भन्नु हुन्छ घरपरिवारले । नगर, नजाउ यताउती केही गर्नुभएको छैन ।

यो काम गर्न कत्तिको सजिलो छ त ?

गाह्रै छ, कत्तिले भन्छन पनि महिला किन पूजारी भएर बसेको होला । महिलाकोमा पूजा, टीका नलगाउने उता बाहुनसँग नलगाउने भन्नु हुन्छ । प्राय जुन मन्दिरमा पनि मसँग त्यस्तो भएको छ । कोहीले रक्षा बन्धनको दिन त दिदी बस्नु भएको रहेछ दिदी जस्तै लाग्यो हामी त दिदीसँग रक्षा बन्धन बाध्ने हो भनेर धेरै आउनु हुन्छ । कसैकसैले गौदान, सीधा दान, पूर्णपात्रो के के गर्नुपर्छ हामी बाहुनसँग गर्ने हो भन्ने पनि धेरै हुन्छन् । धेरैजसोले महिला दिदी बहिनीलाई हामीले प्राथमिकता दिनुपर्छ, गर्नुपर्छ भन्ने पनि पाइन्छन् ।

सुुरुको दिन जजमानी गर्न जाँदाको अनुभव सुनाउन मिल्छ ?

सुुरुको दिन जजमानी गर्न जाँदा एक महिना मेला लागेको थियो, मक्षेनारायण कीर्तिपुरमा । पहिलो पल्ट त्यहाँ जाँदाखेरी बस्न एकदम लाज लागेको थियो । आठ÷नौ वर्ष अगाडिको कुरा हो यो । श्रीमानले आज शनिबार छ, बस म सँग भन्नु भएको थियो, मलाई चाहिँ बसौं कि नबसौं अप्ठ्यारो लागेको थियो । त्यो दिन लाज मानी मानी, एकछिन उठ्दै बस्दै गर्दै बसेको थिएँ । त्यसपछि बस्दै बस्दै गएपछि बानी प¥यो, अनि एक महिनै मेलाभरि बस्यौं हामी ।

मन्दिरहरुमा धेरै त पुरुषहरु नै हुन्छन्, तपाईं उनीहरुको छेउमा गएर बस्दा कसरी हेर्छन उनीहरुले ?

प्राय सबै बाहुनहरु चिनिने भएकोले कतिखेर आउनु भयो बैनी भन्छन्, बस्नुस् भन्नुहुन्छ, त्यस्तो केही नराम्रो उहाँहरुबाट भोग्नु परेको छैन । कत्तिले मेरो नजिक बस्नु हुन्छ भन्छन् भने कत्तिले बहिनी आउनु भएछ सबैजना बहिनीतिरै जान्छन भन्नुहुन्छ भने कोही त अलि पर गएर बस्नुहुन्छ । तर, पुरुष जजमानबाट त्यस्तो नराम्रो व्यवहार त केही भोगेको छैन ।

विशेष दिनमा मात्र जजमानी गर्नु जान्छु भन्नुभयो, अरु बेला के गर्नु हुन्छ ?

अरु बेला पहिला त मेरो पसल थियो । अहिले त पसल छैन, एक्लैले पसल गर्न पनि भ्याइएन । अब फेरि पसलै गर्छु ।

जजमानीको काम त सधैं गर्छन् नि, तपाईंले चाहिँ विशेष विशेष दिन मात्रै किन गर्नुहुन्छ ?

महिलालाई गौदान, पूर्णपात्रो, सिधा दान गर्दैनन्, त्यस्तै विशेष मेलामा पूजा गर्ने टिका लगाउने गर्ने हो । अरु बेलामा त श्राद्ध, यताउती त पुरुषहरुले नै गर्नुहुन्छ । मैले अहिलेसम्म त्यस्तो कार्य गरेकी छैन ।

दशैंमा जजमानी गर्नु हुन्छ कि गर्नुहुन्न ?

पहिलाको दशैँमा त भद्रकालीमा सुुरुदेखि नौ दिनसम्म बसेको थिए । यस पालीको दशैँंमा पनि फुलपातीको दिनसम्म जान्छु ।

आफू चाहिँ दशैं कसरी मनाउनु हुन्छ ?

मन्दिर गएर दर्शन ग¥यो, आफ्नो काम पनि ग¥यो । त्यसपछि घर गएर दशैँ मनाउने ।

पहिलाको दशैँ राम्रो कि अहिले मनाउने दशैँ राम्रो ?

पहिलाको राम्रो नि । पहिला बच्चा हुँदा आपूmले पु¥याउनु, टार्नु पर्दैन थियो । मम्मीलाई आज मलाई यो चिज चाहियो है भनेपछि जसरी पनि चाहिन्थ्यो र मम्मी बुबाले पनि पु¥याउनु भएको थियो । मलाई बच्चा बेलामा चाहिएको चिजहरु जहाँबाट भएर पनि ल्याएर दिनै पर्ने हुन्थ्यो र दिनु पनि हुन्थ्यो ।

अरु महिलालाई के भन्न चाहनु हुन्छ ?

म महिला भएर पूजारीको काम गरिराखेको छु । मैले जस्तै गर्न इच्छा लाग्नेले गर्नुहोस् । लाज लाग्छ, मैले यो त्यो गर्नु हुन्छ, हुँदैन भन्नु हुँदैन । आफ्नो काम, धर्मलाई लाज मानेर छोड्नु हुँदैन ।

तपाईंलाई आफ्नो व्यवसायको मन्त्रहरु आउँछ त ?

श्रीमानले सिकाएकाले अलिअलि आउँछ ।

कमाइ कस्तो छ, घरपरिवार धानेको छ ?
ठिकै छ । जे होस मन्दिर गएपछि खाली हात आउनु पर्दैन, सोचेभन्दा राम्रो छ । एकदिनमा १०/१२ हजार कमाई हुन्छ । त्यसैबाट गुजारा चलेको छ त म भन्दिन । किनकि मेरो श्रीमान हुँदा चाहिँ त्यसैबाट गुजारा चलेको थियो । म त चाडपर्वहरुमा मात्रै जान्छु, यसरी मैले एक्लैले गरेर त घरखर्च सबै पुगेको छैन ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

नेपाली दाजुभाई दिदीबहिनीहरु सबैलाई दशैँको शुभकामना छ भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट