साफ यू-१८ मा नेपालद्वारा माल्दिभ्स २-० ले पराजित

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २–० ले हराएको छ ।

भुटानमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालका लागि रोमन लिम्बूले ७ मिनेटमा र रेजिन सुब्बाले ५७औँ मिनेटमा गोल गरेका थिए । नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन् । ‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ । नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट