एजेन्सी
मियामी । अमेरिकाको फ्लोरिडा प्रान्तमा आएको इरमा नामक तीव्र गतिको आँधी हुरीका कारण करिब ५० जनाको मृत्यु भएको बताइएको छ । फ्लोरिडाको आपत प्रबन्धन केनद्रले मर्नेहरुको संख्या ३४ बताएको छ ।
तर, अलग अलग ठाउँमा मर्नेहरुको संख्या बढी भएकाले अहिलेसम्म करिब ५० जनाको ज्यान गएको बताइएको छ । जसअनुसार कीजमा ८ जना, मियामीको उत्तरी हलिउडस्थित एक नर्सिंग होममा ८ जना र अन्य कतिपयको मृत्यु भएको जम्मा ५० जना मरेको बताइएको छ ।
त्यहाँका अधिकारीहरुका अनुसार कीजमा आँधी हुरीका कारण थुप्रै भवन क्षतिग्रस्त भएका छन् । हुरीका कारण विद्युत सेवा बन्द हुँदा करिब ३ लाख ७२ हजारभन्दा बढी मानिसहरु अध्यारोमा बसीरहेका छन् । गत सेप्टेम्बर १० मा कीजमा आएको इरमा हुरीले ४० जनाको मृत्यु भएको थियो ।