च्युईङ्गम निल्ने बानी छ ? होस् गर्नुहोस हुनसक्छ यस्तो समस्या

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

नयाँ दिल्ली । तपाईहरुले कहिले च्युईङ्गम चपाउँदा चपाउँदै निल्नु भएको छ । प्रायः हामीले सोच्छौ कि एक पटक च्युईङ्गम पेटमा गएपछि बाहिर निस्किदैन । च्युईङ्गम स्वास्थ्यका लागि हानीकारक मानिन्छ । आज हामी तपाईलाई कसरी पेटमा पुगेको च्युईङ्गम बाहिर आउँछ यसबारे बताउँदै छौ ।

च्युईङ्गम खासगरी बेस, रंग, चिनी, सुगन्ध, वसा, रेजिन, मोम इलास्टोमर र पायसिकारीले बनेको हुन्छ । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । सबैभन्दा पहिले कलेजोले पेटमा गएको च्युईङ्गममा रहेका हानीकारक रंग र अन्य तत्वलाई बाहिर निकाल्ने काम गर्दछ । जब च्युईङ्गम पेटभित्र जान्छ तब पेटमा हाइड्रो कलोरिक एसिडले यीमध्ये केही तत्वलाई छुट्याई दिन्छ ।

पेटमा रहेको एसिडले चिनी, ग्लिसरिन र गुलियोका लागि प्रयोग गरिएको पेपरमिन्ट आयल जस्तो सफ्टनरलाई अलग गरी शरीरबाट बाहिर निकाल्छ । आन्द्रासम्म पुगेपछि च्युईङ्गम शरीरबाट बाहिर निस्किन्छ तर च्युईङ्गम पूरै शरीरबाट बाहिर निस्कन भने करिब २५ देखि २६ घण्टा लाग्ने गर्दछ । च्युईङ्गम शरीरबाट बाहिर ननिस्केपछि कतिपय मानिसहरुलाई एलर्जी हुने, छाला चिलाउँने, बान्ता हुने, पखाला लाग्ने पनि हुन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट