महिलाहरुको भूमिका त्रिकोणात्मक हुन्छ : पद्मा शाक्य

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

काठमाडौं ट्रेनिङ सेन्टरले विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ । काठमाडौंको कोटेश्वर, बालकुमारी नजिकै रहेको काठमाडौं ट्रेनिङ सेन्टर आफ्नो स्थापनाकालको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै ट्रेनिङ सेन्टरमा तालिम संयोजकका रुपमा काम गर्दै आएकी पद्मा शाक्यसँग आज हामीले यस ट्रेनिङ सेन्टरका बारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ रिपोर्टर नेपालका लागि सुजा राईले तालिम संयोजक पद्मा शाक्यसँग गरेको संक्षिप्त कुराकानी ।

तपाईको बारेमा बताइदिनुस् न ?
म पद्मा शाक्य, मेरो घर स्थायी ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका हो र हाल महालक्ष्मी नगरपालिका वडा नं. ४ ललितपुर इमाडोलमा बस्दै आइरहेको छु ।

केमा व्यस्त हुनुहुन्छ ?
म काठमाडौं ट्रेनिङ सेन्टरमा काम गर्छु । यो कोटेश्वरमा बालकुमारी नजिकै छ ।

कति वर्ष भयोृ काम गर्न थाल्नु भएको ?
पन्ध्र वर्ष पूरा भएर १६औँं वर्षमा लाग्यो । अस्ति साउन ७ गतेबाट १६औँ वर्षमा प्रवेश गर्यो काठमाडौं ट्रेनिङ सेन्टरले ।

कुन पदमा कार्यभार सम्हाल्नु भएको छ ?
म त्यहाँ तालिम संयोजकका रुपमा काम गरेको १५ वर्षदेखि नै हो र त्यसको अलावा अरु प्रशिक्षणको काम पनि गर्छु । त्यहाँ संचालन हुने तालिमहरुमा प्रशिक्षकको रुपमा काम गरिराखेको छु मैले ।

काठमाडौं तालिम केन्द्रले के के काम गर्दछ ?
विशेष गरेर काठमाडौं ट्रेनिङ सेन्टरले गर्ने काम भनेको एउटा कार्यक्रम सिटिइभिटिबाट सम्बन्धन प्राप्त गरेर १८ महिनाको सामाजिक तालिम परिचालन गर्छ । यो भन्दा अगाडिसम्म १५ महिनाको थियो र यस वर्षदेखि १८ महिनाको तालिम कार्यक्रम गरिराखेको छ । यस अन्तर्गत विशेष गरेर नेपालका युथहरुलाई सामाजिक परिचालन तालिम दिएर समुदायको विकास गर्नका लागि भनेर दक्ष अथवा तालिम प्राप्त जनशक्ति उत्पादन गरेर नेपालको विभिन्न ठाउँमा पठाउने काम गर्छ काठमाडौं तालिम केन्द्रले ।

यस केन्द्रको उद्देश्यबारे भन्नु पर्दा ?
छोटो रुपमा भन्नु पर्दा यो प्लस टू गरेको अथवा एस.एल.सी.देखिन माथिको र मास्टर डिग्रीसम्म गरेकाहरुलाई, प्लस टू गरेकोलाई चाँहि १८ महिनाको ट्रेनिङ दिइन्छ भने व्याचलर मास्टर गरेकोलाई सक्षम टे्रनिङ अन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले टट प्रपोजल राईटिङ, रिर्पोट राईटिङ, लिडर सिप जेन्डर जस्ता टे्रनिङहरु दिएर चाँहि विभिन्न ठाउँमा हामीले पठाउने काम गर्छ ।

परिवारको सहयोग कति पाउँनु भएको छ ?
मैले यो ट्रेनिङ सेन्टरमा काम गरेकै १५ वर्ष भइसक्यो भन्ने कुरा गरिसके यहाँहरुलाई अब यसमा चाँहि परिवारको फूल सपोर्ट छ । यदि परिवारको सपोर्ट नहुने हो भने देखिन हामीले सजिलै कुनै पनि कामहरु राम्रोसँग गर्न सक्दैनौं । मैले राम्रो सहयोग पाकोछु ।

काठमाडौं तालिम केन्द्र बाहेक केमा संलग्न हुनुहुन्छ ?
म काठमाडौं ट्रेनिङ सेन्टरमा फुल टाइम काम गर्ने नै हो । त्यसको अतिरिक्त अरु संघ संस्थामा पनि म आबद्ध छु । जस्तै एउटा यो नेपाल सहभागिमूलक कार्य समूह नेपान भन्ने संस्थामा पनि म कार्य समितिमा छु । विगत केही वर्षदेखि र त्यसले चाँहि विभिन्न एनजिओ आईएनजीओमा काम गर्ने विभिन्न व्यक्तिहरुको चाँहि संजाल हो त्यहाँ आबद्ध छु । त्यसबाट धेरैसँग चिनजान हुने र केही राम्रा कुराहरु सेयरिङ हुने अवसर त्यहाँबाट पाउँछु । त्यसको साथै अर्को एउटा महिला प्रशिक्षक साथी समूह भन्ने छ सातदोबाटोमा छ अफिस । त्यसको म अध्यक्ष हो र त्यसमा चाँहि यो महिला प्रशिक्षकहरुको एउटा समूह हो ।

महिलाको उत्थान गर्ने कार्यक्रमहरुमा पनि आवद्ध हुनुहुन्छ हो ?
एकदम महिला सशक्तिकरणको लागि महिलाको क्षमता वृद्धि गर्नका लागि भनेर त्यो संस्थाले विभिन्न तालिमहरु दिने गर्दछ ।

तपाई आफैं महिला, कति सजिलो वा अप्ठ्यारो छ महिला भएर काम गर्न ?
अब मलिाहरुले काम त गरिराख्नु भएको छ तर त्यति सजिलोे चाँहि छैन । किनभने महिलाको त्रिकोणात्मक भूमिका हुन्छ । एउटा अफिसको काम, अर्को घरपरिवारको काम र अर्को त्यो बाहेक अरु सामुदायिक कामहरु अथवा सामाजिक कामहरुमा पनि भर पर्नु पर्छ । त्यसले गर्दा त्यति सजिलो चाँहि छैन । तर चाह्ँयो भने महिलाले गर्न नसक्ने पनि केही छैन ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित महिलाहरुलाई के कस्ता तालिमहरु दिनु आवश्यक छ ?
हजुरले एकदमै सान्दर्भिक कुरा उठाउँनु भयो । अब अहिले भर्खरै निर्वाचित भएको महिला प्रतिनिधिहरु धेरै हुनुहुन्छ स्थानीय तहमा । ती महिला प्रतिनिधिहरुलाइ अब नेपालको संविधानले अनिवार्यता गरेको छ र त्यो अर्थमा पनि धेरै महिला सदस्यहरु निर्वाचित हुनुभएको छ । उहाँहरु यतिखेर अलिकति अन्योलमा हुनुहुन्छ । उहाँहरुलाई स्थानीय निकाय सम्बन्धिको पनि जानकारी गराउन त्यससँग सम्बन्धित तालिमहरु चाहिन्छ र त्यसको अतिरिक्त उहाँहरुलाई आफ्नो क्षमता अभिवृद्धि गर्नका लागि पनि जस्तै नेतृत्व विकास सम्बन्धीको तालिमहरु, प्रस्तुतीकरण सीपसम्बन्धीका तालिमहरु र अगाडि गएर कुनै पनि कार्यक्रमहरुमा बोल्ने खालका सीपसँग सम्बन्धित तालिमहरु आवश्यक छ ।

काठमाडौं तालिम केन्द्रले यस्ता सीप सम्बन्धि तालिमहरु दिन्छ त ?
हामीले काठमाडौं तालिम केन्द्रमार्फत यस्तो तालिमहरु संचालन गर्न सक्छौँ । महिलाहरुलाई सशक्ति गर्ने खालको, महिलाहरुको नेतृत्व विकास गर्ने खालको अनि यो जेन्डरको ट्रेनिङ भन्छ नी अहिले महिला पुरुषको समविकासको कुराहरु गर्नका लागि र समावेशीकरणको कुराहरु इन्क्लुड गर्न पनि स्थानीय तालिमहरु चलाउने गर्छौ र चलाईराखेका छौ ।

महिलाहरु अगाडि बढाउँनका लागि कस्तो खालको कार्यक्रम ल्याउनु पर्छ जस्तो लाग्छ ?
अघि पनि स्थानीय तहको कुरा गर्यो हामीले । स्थानीय तहमा जो निर्वाचित भएर जानुभएको महिला प्रतिनिधिहरु हुनुहुन्छ, उहाँहरुले आफ्नो गाउँ समुदायको महिलाहरुको सशक्तिकरणका लागि केही विशेष खालको सीप विकासको लागि उहाँहरुलाई आफैं आत्म निर्भर हुने खालको केही तालिम प्याकेजहरु भयो, केही कार्यक्रमहरु भयो, त्यस्तो कार्यक्रमहरु समावेश गर्ने खालको नीति नियम चाँहि उहाँहरुले बनाउनका लागि पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

काम गर्ने क्रममा महिला भएर त्यस्तो कुनै समस्या अथवा नकारात्मक अवस्था सहनु भएको छ र ?
अब त्यस्तो महिला भएकै कारणले गर्दा काम गर्ने सवालमा त्यस्ता खालका ह्यारेसमेन्ट तथा समस्याहरु त मैले भोग्नुपरेको छैन अहिले र पछि पनि पर्दैन भन्ने लाग्छ । यस्ता खालका समस्या भएका थुपै्र दिदि बहिनीहरु हुनुहुन्छ ।

उहाँहरुलाई के सुुझाव दिन चाहनुहुन्छ ?
सर्वप्रथम त महिलाहरु नै आफ्नो लागि आफै अगाडि बढ्न तयार हुनुपर्छ । आफ्नो अधिकारको कुरा के हो र कर्तव्यको कुरा के हो भन्ने उहाँहरुले प्रष्टसँग बुझ्न सक्नु पर्यो र आफ्नो अधिकारका लागि लड्न पनि सक्नुपर्यो । कसैले पनि तिम्रो अधिकार यो भनेर अगाडि ल्याएर दिँदैन, आफ्नो लागि आफै अधिकार खोज्न सक्नु पर्यो त्यसको लागि लड्न सक्नुपर्यो । मैले बारम्बार मेरो तालिमको सहभागी बहिनीहरुलाई पनि के भन्ने गर्छु भने आफ्नो अधिकार पाउनका लागि जुनसुकै ठाउँमा राइट कुरा बोल्न डराउनु हुँदैन भन्ने कुरा गर्छु । कहिले काही सार्वजनिक बसहरुमा सवार गर्दा त्यहाँ पनि म त प्वाक्क लाएर बोल्दिन्छु, त्यो महिलाको सिट हो महिलालाई बस्न दिनुपर्छ भनेर । कतिपय अवस्थामा जेष्ठ नागरिकहरु उभी राखेको अवस्थामा त्यहाँ निर छ तपाईको सिट भन्ने गर्छु ।

महिलाहरुलाई केही सल्लाह दिन चाहनुहुन्छ ?
हजुर अब सुझाव भन्दा पनि, विशेष गरेर नेपाली महिलाहरुलाई मात्र सुझाव दिएर केही पनि हुन्न त्यसमा पुरुषको पनि उतिकै हातेमालो आवश्यक छ । पुरुषले महिलालाई अगाडि बढ्न सहयोग गरे भने महिलाहरु बढ्ने हा,े नकी महिलाहरुले पनि फेरि पुरुषले अगाडि बढाउछ भनेर चुप लागेर बस्ने पनि हैन । महिला स्वयम् पनि आफू अगाडि बढ्न तयार हुनुपर्यो । नेपाली समाज भनेको एउटा पुरुष प्रधान समाज हो र कतिपय कुराहरु हाम्रो संस्कारले संस्कृतिले गर्दा महिलाहरुलाई पछाडि पारेको अवस्था हो । महिलालाई अगाडि बढ्न नदिएको अवस्था छ । यस्तो अवस्थालाई चाँहि अब कतिपय कुराहरु आफै पनि कम हुँदै गइरहेको छ महिलाहरुलाई हिनताबोध हुने कुरा कम कम हुँदै गइरहेको अवस्था छ तैपनि महिलाहरुले आफ्नो लागि आफै गर्नुपर्छ र त्यसमा पुरुषहरुको एउटा सपोर्ट नभइकन महिलाहरु अगाडि बढ्न सक्नु हुन्न र नेपालका हरेक महिलाहरु आफै सशक्त भएर अगाडि बढ्नु पर्छ र त्यसको लागि पर्खेर बस्नु हुँदैन भन्ने लाग्छ मलाई ।

अन्त्यमा केही भन्न छुटेका कुराहरु ?
अन्त्यमा, के भन्न चाहन्छु भने सहर बजारको महिलाहरु त केही न केही तरिकाले अगाडि बढिरहेका छन् । गाउँ समुदायको महिलाहरुलाई पनि अगाडि बढ्नको लागि विषेश खालको कार्यक्रमहरु ल्याएर उहाँहरुलाई पनि सशक्त गरेर, अब के मार्पmत हुन्छ, विभिन्न तालिम प्याकेहरुबाट हुन्छ, की अथवा विभिन्न खालको कार्यक्रमहरुमा इन्भल्भ गराएर हुन्छ की, सरकारको पनि त्यता ध्यान जानुपर्छ । विभिन्न संघसंस्थाले अथवा एनजीओ आइएनजीओले गरेर मात्र हुँदैन । त्यसमा महिलाहरुलाई सशक्त बनाउने खालका केही न केही प्याकेजहरु अथवा कार्यक्रमहरु अगाडि ल्याउनु पर्छ यसको लागि पहल हुनुपर्छ भन्ने लाग्छ मलाई ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट