विराटनगरको मुहार फेरिदिन्छु : विनोद ढकाल

प्रकाशित मिति: १ असार २०७४, बिहीबार

विनोद ढकाल विराटनगरका लागि नयाँ नाम होइन । यहाँको राजनीतिक र सामाजिक आन्दोलनमा शसक्त ढंगले क्रियाशील व्यक्तित्व हुन् ढकाल । हरेक समुदायका समस्या सुन्ने र त्यसलाई तत्कालै सुल्झाउनका लागि क्रियाशील हुने विशेषता ढकालमा छ । विराटनगरको महत्वपूर्ण विकासका आधारहरुलाई अघि बढाउन उनी जननिर्वाचित प्रतिनिधिभन्दा बढी नै समय दिएर लाग्ने गर्दछन् । विराटनगरका बौद्धिक व्यक्तित्वले ढकाल अहिलेको सन्र्दभमा एमालेको हेभिवेट उम्मेदवारका रुपमा लिन्छन् । ०२५ साल चैतमा भोजपुरको याङपाङमा जन्मिएका ढकाल ०४१ सालदेखि विराटनगरको राजनीतिमा सक्रिय छन् । स्थानीय शारदा माविबाट एसएलसी उत्तीर्ण गरी विराटनगर आएका ढकालले बीएलसम्मको अध्ययन गरेका छन् । एमाले अखिलको मोरङ जिल्ला अध्यक्ष हुँदै ०५० सालमा संगठन विभाग प्रमुख भएका ढकाल ०५५ सालमा केन्द्रीय उपाध्यक्षसम्म भए । ०६६ र ०७३ मा उनी निर्वाचित जिल्ला अध्यक्ष भएका हुन् । उनै ढकालसँग गरिएको कुराकानी :

चुनाव त आइसक्यो, कस्तो चल्दैछ चुनावी गतिविधि ?
उम्मेदवारी मनोनयन भएपछि चुनावी प्रचारले गतिलिने छ । अहिले कार्यकर्तासँग भेटघाट गर्ने र आगामी दिनमा विराटनगरलाई कस्तो बनाउने भन्ने छलफल र बहसमा वितिरहेको छ । शुभेच्छुकहरुको शुभकामना लिने र वार्डमा भएका गतिविधिहरुमा सहभागी भई चुनावी गतिविधि गरिरहेको अवस्था छ ।

विराटनगरमा मुलतः कसलाई प्रतिस्पर्धी देख्नुहुन्छ ?
विराटनगरको विगतको चुनाव हेर्दा नगर क्षेत्रबाट सांसद्मा कांग्रेसले जितेको भए पनि स्थानीय निकायको चुनावको पुरानो तथ्यांक हेर्दा हामी अगाडी छौँ । पछिल्ला समयमा राष्ट्रिय राजनीतिका सन्दर्भमा नेकपा एमालले लिएको नीति र एमालेको नेतृत्वमा बनेको सरकारले गरेको कामको मूल्यांकन गर्दा एमालेको प्रतिस्पर्धी नै नहुनु पर्ने हो । नजिकको कांग्रेससँग नै एमालेको प्रतिस्पर्धा हुन्छ ।

कांग्रेसलगायत अन्य पार्टीलाई पराजित गर्न एमालेसँग के एजेण्डा छ ?
विराटनगरबाट कांग्रेसका धेरै दिग्गजहरुले नेतृत्व गरे । गिरीजाप्रसाद कोइरालाजस्ता आदरणीय नेताले पनि विराटनगरबाट पटक–पटक प्रधानमन्त्री हुने अवसर पाउनुभयो । तर, विराटनगरले केही पाएन । अर्थमन्त्रीसमेत कांग्रेसबाट धेरै भए । तर, विराटनगरले कुनै उल्लेख्य सुधारको संकेतसम्म पाएन । यसर्थ आम जनताले बुझेका छन्, स्थानीय तहमा एमालेको नेतृत्वमा नै विकास हुन्छ । यसकारण पनि एमालेले अरु पार्टीलाई पराजित गर्छ । यो सामान्य जनताले बुझ्ने विषय हो । एमाले अहिले विराटनगरलाई समृद्ध शहर र प्रदेशको राजधानी बनाउने योजनाका साथ आएको छ । त्यसैले पनि एमालेले सबैलाई पराजित गर्छ ।

विराटनगर राजनीतिक तथा ऐतिहासिक नगरी हो । यसको महत्व र पहिचान जगाउन सक्नुहुन्छ ?
विराटनगरलाई महानगर नबनाउन विभिन्न तौरतरिका अपनाएर षड्यन्त्र गरियो । जिविसमा देशका ठूला भनिएका पार्टीका नेताहरुले नै विराटनगरलाई महानगर नबनाउन दवाव दिए । हामीले विराटनगरको पहिचानलाई जोगाइराख्न बृहत्तर विराटनगरको कुरा ग¥यौँ । तर, यो कुरा कांग्रेसलाई पचेन । यो परिवेशमा नेकपा एमाले नै पहिलो पार्टी हो, विराटनगरलाई महानगर बनाउनुपर्छ भनेर निर्णय गर्ने । हामीले निर्णय मात्र गरेनौँ । यसमा मधेसवादी दललाई समेत सहमति गरायौँ । र, निरन्तर महानगरका लागि खबरदारी र आन्दोलन ग¥यौँ । यसले नै के बुझिन्छ भने हामी विराटनगरको पहिचान जोगाउन काम गरिरहेका छौँ । भविष्यमा विराटनगरको ऐतिहासिकता जोगाउन रुग्ण उद्योगहरुको सञ्चालन र यहाँका उद्योगी व्यवसायीको सम्मान र राजनीतिक नगरीको पहिचान जोगाउन अग्रज तथा आदरणीय नेताहरु मनमोहन, विपी र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्ने संग्राहलय समेत बनाएर विराटनगरको ऐतिहासिक र राजनीतिक पहिचान जोगाउँछु । र, यो देशकै पहिचानयुक्त सहर हुनेछ ।

विराटनगर बनाउन तपाईंले उद्घोष गर्नुभएका विषयहरु के हुन्, जुन विषय हेरेर मतदाताले तपाईंंलाई भोट दिन सकुन् ?
विनोद ढकाल प्रधान कुरा होइन । एमाले सामुहिक निर्णय र पार्टीको निर्दिष्ट लक्ष्यका साथ अघि बढेको तमाम श्रमजीवीहरुको पार्टी हो । पार्टीले बनाउने योजना र घोषणापत्र नै मेरा कामका फेहरिस्त हुन् । तथापि, विराटनगरलाई अघि बढाउनका लागि म विराटनगरको भौतिक पूर्वाधारमा देखिएको अस्तव्यस्ततालाई केही समयभित्रै व्यवस्थित गरी कामलाई चाँडो टुङ्गो लगाउने छु । विराटनगरका लक्षित वर्ग दलित र सुकुम्वासीहरुका लागि एकीकृत वस्ती निर्माण गर्ने छु । नगरभित्र पछाडि पारिएका मुसहर, डुमलगायत विपन्न वर्गका लागि काम गर्ने छु । विराटनगरका व्यस्त बजारमा तत्कालै आकासे पुल बनाउने योजनाहरु ल्याउने छु । दुई वर्षभित्र विराटनगरका उद्योगीले माग गर्दै आएको विशाल औद्योगिक तथा व्यापारिक प्रर्दशनी स्थल निर्माण गर्ने छु । दिगो शहरी विकास योजना बनाएर विराटनगर व्यवस्थित शहर बनाउने छु । कोशी अञ्चल अस्पताललाई कोशी मेडिकल कलेज बनाई विराटनगरलाई स्वास्थ्यको केन्द्र केन्द्र बनाउने छु । यूवाहरुका लागि स्पोर्टस् भिलेज निर्माण गर्ने छु । महिलाहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्छु । सुत्केरी महिलालाई दिइँदै आएको प्रसुति विदाको समय बढाउने छु । विद्यालय जान नपाएका बालबालिकाका लागि विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्ने छु । जेष्ठ नागरिकलाई स्वास्थ्य सुविधादेखि घर–घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने योजना ल्याइनेछ । विराटनगरलाई हरित नगरी बनाउने योजना पनि अघि सार्ने छु ।

विराटनगरको दीर्घकालीन महत्वका योजनाहरु कस्ता छन् ?
विराटनगर हुँदै किमाथांका सडकलाई अघि बढाउन दवाव सिर्जना गर्ने छु । यही ५ वर्षभित्रमा चक्रपथमा सवारी साधन दगुर्ने अवस्था सिर्जना गर्ने छु । विराटनगरलाई प्रदेशको राजधानी बनाउने र यसको ऐतिहासिक परिचयलाई जिवन्तता दिने छु । विराटनगरको ओद्यौगिक र राजनीतिक परिचयलाई कायम राख्ने महत्वपूर्ण योजनाहरु अघि सार्ने छु ।

विराटनगलाई प्रदेशको राजधानी बनाउन तपाईंंको कस्तो भूमिका हुनेछ ?
विराटनगरलाई प्रदेशको राजधानी बनाउन व्यापक प्रयत्न गर्ने छु । विराटनगरमा यस्तो खालको लविङ गरेर सबैलाई मिलाएर लैजान सक्ने क्षमता म सँग छ । सबैलाई एकीकृत गर्ने मात्र होइन, विराटनगर बाहिर पनि यसलाई राजधानी बनाउन लविङ गर्ने क्षमता म राख्छु । यो क्षमता राखेर मात्रै भएन, यसका लागि चाहिने पूर्वाधार व्यवस्थित गर्न र निर्माण गर्न म तत्कालै काम सुरु गर्ने छु । विराटनगरमा ६ लेनको बाटो निर्माण सुरु भैसकेको छ । चक्रपथको निर्माण दु्रत गतिमा गरिनेछ । वीरेन्द्र सभागृहदेखि लिएर यस्ता थुप्रै नयाँ पुराना भवनहरुलाई स्तरोन्नती गरी प्रयोगमा ल्याइनेछ । विराटनगरभित्र भएका नगरको जग्गामा भवनहरु निर्माण गरिनेछ । विराटनगरमा मेडिकल कलेजदेखि नाम चलेका उच्च शिक्षा सञ्चालन हुने कलेजहरु पनि छन् । जसले गर्दा विराटनगरको पूर्वाधार बलियो छ । यहीँबाट प्रदेशको राजधानी बनाउने हामीलाई अवसर छ । हामीसँग ऐतिहासिक पहिचान छ । उच्च अदालतको भव्य भवन छ । क्षेत्रीय कार्यालयका भवनहरु थुपै्र छन् । क्षेत्रीय प्रहरी कार्यालयदेखि लिएर क्षेत्रीय स्तरका कृषि कार्यालयहरु पनि विराटनगरमा भएकाले विराटनगर प्रदेशको राजधानी बन्छ । विराटनगर विमान स्थललाई क्षेत्रीय बनाउने हाम्रो हिजोदेखिको प्रयत्न साकार हुनेछ । र, यी सबै कुराबाट म विश्वस्त छु, विराटनगर प्रदेशको राजधानी बन्छ । यो बनाउने म प्रतिज्ञा गर्छु ।

विराटनगरको औधोगिक विकासका लागि कसरी काम गर्नुहुन्छ ?
विराटनगरको पहिचान नै औधोगिक नगर हो । यसको पहिचान जोगाउनका लागि पनि रुग्ण उद्योगहरुलाई संचालनमा ल्याउन विशेष पहल हुनेछ । यहा“का उद्योगी व्यवसायीले माग गर्दै आएको विशेष आर्थिक क्षेत्र निर्माणका लागि विराटनगर महानगरपालिकाले प्रयत्न गर्नेछ । म निर्वाचित हुने वित्तिकै यो पहल देखिनेगरी सुरु गर्नेछु र मेरै पालामा यो काम सम्पन्न हुनेछ । यहा“का उद्योगी व्यवसायीलाई स्थानीय तहमा हुने करमा सहजीकरण र सरलीकृत गरिनेछ । कुनैपनि उद्योगी व्यवसायीले विराटनगर महानगरपालिकाबाट असन्तुष्टिको स्वर सुन्नुपर्ने छैन ।

युवाहरुलाई आकर्षित गर्ने के योजना छ ?
मूलतः घोषणापत्र मार्फत योजनाहरु ल्याइएको छ । तर पनि युवाहरुका लागि खेल मैदान, व्यायमशालाहरु निर्माण गरिनेछ । उच्चशिक्षा लिन बन्चितहरुका लागि उच्च शिक्षामा पहु“च पु¥याउने र सहयोग गर्ने कार्यक्रमहरु हुने छन् । विराटनगरमा क्रियाशील युथ फर ब्लड, युवा अभियानजस्ता परिश्रमी युवाहरुका संस्थाहरुलाई अगाडि बढाउनका लागि सहयोग गरिने छ । युवाहरुलाई स्वयंसेवी अभियानमा पनि सहभागी गर्ने र स्वरोजगारमूलक कार्यक्रमहरु ल्याइनेछ । विराटनगरमा एमालेकै पालामा युवाहरुले अनुभुति गर्नेगरी उदाहरणीय काम हुनेछ । यूवाहरुको सर्वांगीण विकासका लागि महानगरीय यूवा विकास सञ्जाल गठन गरी त्यसमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।

तपाईंहरुलाई मधेसविरोधीको रुपमा पनि हल्ला गरिँदैछ यस्तो बेलामा के छन् खास कार्यक्रम ?
हाम्रो पार्टी एमालेले हिजो पनि मधेसविरोधी थिएन र भोली पनि हुने छैन । हामी मधेसी जनताको हितकै लागि वर्ग संघर्षको कुरा गरेर आयौँ । नेकपा एमाले त्यस्तो पार्टी हो, जसले ०५१ सालमा ल्याएको बजेटदेखि एक वर्ष अघिको पार्टी अध्यक्ष आदरणीय केपी ओली नेतृत्वमा बनेको सरकारमार्फत् गरिएका कामबाट छर्लंग हुन्छ एमाले कस्तो पार्टी हो भनेर । ०५१ सालमा एमालले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने कार्यक्रम नल्याएको भए तराईका धेरै वस्तीहरु अझै पनि डुवाउ र अविकसित रहन्थे । केपी ओलीको सरकारले मधेसमा हुलाकी मार्ग निर्माण सदरमुकाम निर्माण र मधेसका गरिवहरुका लागि सुरक्षित आवासको कार्यक्रम ल्याएको छ । देशमा हाली मुहाली गर्ने कांग्रेस र क्रान्तिकारी भन्ने माओवादीले समेत मधेसी जनतालाई यत्तिको बजेट छुट्याएनन् । पञ्चायत कालदेखि हालि मुहाली गर्दै आएका कतिपय मधेसी नेताहरु गणतन्त्र कालसम्म पनि मन्त्री भए । तर, मधेसी जनताको कहिल्यै हित गरेनन् । यी सबै तथ्यहरुलाई विश्लेषण गर्नुहोस् । एमालेभन्दा अरु कुनै मधेसवादी छैन । छन् भने शब्दमा मात्रै छन् व्यवहारमा छैनन् । हामीेले मस्लिमका विषयम पनि कुरा उठाएका छौँ । पछिल्लो समय मुस्लिमहरुलाई मतदानबाटै बञ्चित गर्ने प्रयत्न गर्दा सशक्त रुपमा आवाज उठाउने हामी नै हो ।

विराटनगरमा भूमीहीनहरुको उल्लेख्य वसोबास छ । उनीहरुका लागि तपाईंको के योजना छ ?
हाम्रो पार्टीले घोषणापत्रमार्फत एकीकृत वस्ती निर्माण गर्ने योजना अघि सारेको छ । हामी निर्वाचित हुनेवित्तिकै एकीकृत वस्ती निर्माणको अभियान सुरु गरिने छ । यसबाट भूमीहीन मात्रै होइन, मधेसमा सधैँ पछाडि पारिएका मुसहर समुदाय पनि लाभान्वित हुने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट