दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पुग्यो

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् ।

तत्कालीन सरकाले गठन गरेको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्याएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, उक्त प्रतिवेदनमाथि कसैले विश्वास गरेका छैनन् ।

त्यसैले जनताले राजा वीरेन्द्रको वंशनाश हुनेगरी गराइएको दरबार हत्याकाण्डको रहस्य पत्ता लगाइयोस् भन्ने चाहन्छन् । नारायणहिटी दरबार घुम्न आउनेले ‘दरबार हत्याकाण्डको छानबिन होस्’ भन्ने समेत लेख्ने गरेका छन् ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो ।

संग्रहालय प्रशासनले एक वर्षभित्र तयार हुनेगरी दरबार हत्याकाण्ड भएको दीपेन्द्रको निवास त्रिभुवन सदन निर्माण गरेको हो । दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्न लायक भएको केही समयपछि संग्रहालय प्रशासनले त्रिभुवन सदनको निर्माण सुरु गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट