सिलवालको मुद्दाको सुनुवाइ पुनः १ असारमा

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । सर्वोच्च अदालतमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ पुनः १ असार हुने तय भएको छ ।

न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी १ असारमा सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

निवेदन सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि वरियता क्रममा आफू पहिलो नम्बरमा भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट