भरतपुरमा ९० मतपत्र च्यातिएको पाइयो, मतपत्र च्यात्ने धरौटीमा रिहा

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

चितवन, १८ जेठ । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मत गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार च्यातिएको मत गनिएको हो ।

भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो । म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।’ १४ जेठ मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । १९ नम्बरमा २ हजार ८ सय ९७ मत खसेको थियो ।

त्यसमध्ये १ हजार ८ सय ९ मत गणना भइसकेको अवस्थामा यो घटना भएको थियो । गणना हुन बाँकी ९ सय ९८ मत भने गन्न सकिने अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत न्यौपानले बताए ।

यसैबीच, गणनामा संलग्न कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले भने पुनःमतगणना गर्नुपर्ने बताएका छन् । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका मधु न्यौपाने र द्रोण सिवाकोटी जनही १–१ लाख धरौटीमा रिहा भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट