बहुमतबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । संविधानअनुसार सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिएकी थिइन् । सो समयसीमाभित्र दलहरुबीच सहमति कायम नभएपछि राष्ट्रपतिले बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान भएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट