काठमाडौंका मेयर र उपमेयरले लगाए झाडु

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए ।

न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको शुभारम्भ परे ।

कोर्टपाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडु लगाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट