विराटनगर र वीरगञ्ज बन्यो महानगर

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । विराटनगर र वीरगञ्ज महानगरपालिका बनेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिरानगर र वीरगञ्जलाई महानगर बनोउने निर्णय गरेको हो । यसअघि यी दुवै स्थान उपमहानगरपालिका हुन्

उपमहागरलाई महानगरमा बनाउँदा यसअघि कायम रहेको सीमालाई नै कायम गरिएको छ । सरकारले यसअघि तराई मधेसमा २२ स्थानीय तह थप्नुका साथै बिरानगर र वीरगञ्ज महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेशमार्फत मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन गर्न रोकेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र निर्वाचनलाई कुनै असर नपर्ने गरी महानगर बनाउने निर्णय गरिएको स्थानीय विकास सचिव दिनेश थपलियाले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट