कोल्टी विमान दुर्घटनाकी घाइते अनितालाई काठमाडौं ल्याइँदै

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । मंगलबार बाजुराको कोल्टीमा नेपाली सेनाको कार्गाे विमान दुर्घटनामा परी घाइते भएकी सहचालक अनिता आले मगरलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।

दुर्घटनामा विमान चालक कैलाश गुरुङको मृत्यु भइसकेको छ भने प्राविधिक सुबेदार पूर्णबहादुर खड्काको अवस्था सामान्य रहेकाले छाउनीमा उपचार भइरहेको जनाइएको छ । गम्भीर घाइते अनिताको कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका लागि ल्याउन लागिएको पारिवारिक स्रोतले बताएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट घाइते अनितालाई काठमाडौं ल्याइँदैछ । गम्भीर घाइते अनिताको अवस्था स्थिर रहेको बताइएको छ । कोहलपुर मेडिकल कलेज प्रशासनले अनिताको अवस्था गम्भीर भएको भन्दै भेन्टिलेटरबाट निकालेर करिब तीनसय मिटरको दूरीमा रहेको हेलिप्याडसम्म लैजान नसकिने बताएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट