दोस्रो चरणको चुनाव १४ असारमा

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । स्थानीय निकायको दोस्रो चरणको चनावको मिति फेरि सरेको छ । स्थानीय निकाय थप गरेर मधेस केन्द्रित दलहरुलाई चुनावमा सहभागी गराउने प्रयारमा ३१ जेठमा गर्ने तय भएको स्थानीय निकायको दोस्रो चरणको चुनावको मिति १४ असारमा गर्ने सरकारले निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले नै ९ असारको मिति तोकिएको थियो । तर, ९ असारमा मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।

प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट