विवादको छानबीन गर्न पर्यवेक्षण टोली भरतपुर प्रस्थान

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । भरतपुर महानगरमा जेठ १४ गते राति मतगणना गर्ने क्रममा भएको विवादको छानबीन गर्न निर्वाचन पर्यवेक्षण टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नियोकका कोषाध्यक्ष भवानीप्रसाद खरेलले पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा भएको मतगणना विवादबारे बुझ्नका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सङ्कल्पका विषयविज्ञसहितको एक उच्चस्तरीय टोली भरतपुर प्रस्थान गरेको जानकारी दिए ।

छानबीन टोलीमा नियोगका तर्फबाट उपाध्यक्ष चरण प्रसार्इं, महासचिव डा गोपालकृष्ण शिवाकोटी, प्रा चिरञ्जीवी खनाल, हस्तबहादुर गुरुङ, सङ्कल्पको कार्यकारी निर्देशक चन्दा राई श्रेष्ठ रहेका छन् । वडा नं १९ को मतगणना गर्ने क्रममा जेठ १४ गते राति दलका प्रतिनिधिले  मतपत्र च्यातेपछि उक्त महानगरपालिकामा विवाद उत्पन्न भएको थियो ।

नियोकले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दलहरु, उम्मेदवार एवम् सर्वसाधारणहरुलाई  सत्यतथ्य बुझ्ने क्रममा टोलीलाई सहयोग पु¥याउन सबैलाई आग्रह समेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट