१३ मई शनिबारका दिन बेलायतमा उभौली साकेला मनाइँदै

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

किराँत राई यायोक्खा बेलायतले यही आउँदो शनिवार १३ मे २०१७ को दिन आफ्नै किराँत भूमी ‘किराँत राई हाउस’ मा सदाझै भव्यताको साथमा साकेला (उभौलि) मनाउँदै छ । प्रकृति पूजकको नाताले भूमी पूजा र पित्री पूजकको नाताले पित्री पूजा यो दिन सम्पन्न हुन्छ ।

भूमी पूजाको महत्व आफ्नो ठाउँमा छदैँछ तर पित्री पूजाले भने मलाई धेरै छुन्छ । बेलायत बसार्इको शिलशिलामा मदर्श डे, फादर्श डे र अरु थुप्रै डेहरु  नेपालीहरुले उफ्री उफ्री मनाउँने चलन बेस्सरि छ । अभाज्ञवश मैले मेरो आदर्शहरु आमा र बुवालाई धेरै वर्ष अगाडिनै गुमार्इ सकेको छु । उफ्रीनु सक्दिन ( छाती पोल्छ)

तर, पित्री पूजाको माध्यमले यि सबै डेहरु एकैसाथ मनाउनु पाउँदाको खुशी भने अर्को तर्फ छदैछ । अझ यो पित्री डेमा त आमा, बाबा, बाजे, बोजु अथवा सम्पुर्ण वंशजहरुलाई सम्झन्दै श्रदाञ्जली दिदै जादाँ भेट्छु- प्रजातन्त्रको निमित्त लड्ने योद्दाहरु राम प्रसाद राई, नाराद मणी थुलुङ, रत्न कुमार बान्तवा, बल बहादुर राई, बिरताको प्रतिक अगम सिह राई (भि.सि), अलौकिक प्रतिभाको धनी लैनसिंह बाङ्देल, पहिचानको लडाईमा सहिद हुने रिदामा र रामलिहाङ अनि मैले नाम दिएर अटाउन नसकेका पितृहरु …

घोत्लिन्छु, किराती सभ्यता पुरानै हुनुको कारण पित्री पूजाकै अनुकरण अरु सभ्यताहरुले गरे अनुरुप नै सबै डेहरु बनिएका हुन कि ।

अन्त्यमा साकेला (उभौलि) एले दोङ ५०७७ को पावन अवशरमा सम्पूर्ण नेपाली, आफन्तहरु र साथीभाईहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट