सिंगो देशमा एमालेको लहर छ : विद्यासुन्दर शाक्य (भिडियो अन्तर्वार्तासहित)

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

करिब २० वर्षपछि नेपाली जनताले स्थानीय तहको निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चयन गर्दै छन् । गाउँ, घर, नगर, वडा अनि सम्पूर्ण तह र तप्कालाई निर्वाचनको माहोलले झपक्कै छोपेको छ । विशेष गरेर देशको राजधानी कामाठाडौंलाई आफ्नो पोल्टामा पार्न सबै राजनीतिक दल दिलोज्यान दिएर लागिपरेका छन् । लगभग ४ लाख ५० हजार मतदाता रहेको काडमाडौं महानगरपालिकामा एमालेको तर्फबाट मेयरका प्रत्यासी हुन्, विद्यासुन्दर शाक्य । चुनावी प्रचारप्रसारमा अत्यन्तै व्यस्त शाक्यसँग गरिएको अत्यन्तै संक्षिप्त कुराकानी ।

तपाईंको बारेमा बताइदिनुस न ?
म विद्यासुन्दर शाक्य । नेकपा एमालेको तर्फबाट सूर्य ध्वजावाहक काठमाडौं महानगरपालिकाको उम्मेदवार । बसाइ काठमाडौं महानगरपालिका लगन २१ वडा । दुईपटक वडा अध्यक्ष जितिसकेँ । अहिले पार्टीको तर्फबाट स्थानीय निकायको प्रतिनिधित्व गर्छु । अब जेठमा आएर महानगरपालिका हाक्ने गरी तयार भएर उत्साहित भएर अगाडि बढिरहेको छु ।

प्रचार–प्रसार कस्तो चल्दै छ ?
प्रचारप्रसार एकदम व्यवस्थित रुपमा भइराहेको छ । हाम्रा ३२ वटा शाखा कमिटी क्रियाशील छन् । अरु विभिन्न जनवर्गीय संगठनहरु विभिन्न ठाउँबाट प्रचारप्रसारमा जुटिरहेका छन् । धेरै मतदाताको बीचमा व्यक्तिगत रुपमा म पुग्न सकेको छैन । तर, पार्टीका जिम्मेवार नेताहरु, जिम्मेवार साथीहरु र शुभचिन्तकहरु सबै नै मतदाताहरुको बीचमा पुगी राखेका छन् । आफू नपुगेको ठाउँमा पनि उहाँहरुले आत्मविश्वासका साथ भोली उहाँहरुले मेयरका लागि भोट माग्दा हाम्रो शिर निहुराउनुपर्ने केही काम गरेको छैन र गर्ने पनि छैनन् । काठमाडौं महानगरलाई साच्चिकै महानगर बनाउन काम गर्न सक्छ भन्ने विश्वासका साथ जनताको बीचमा पुगिरहेका छन् । त्यसैले त्यस्तो व्यक्तिगत नपुगे पनि खासै समस्या चाहिँ छैन ।

तपाईंलाई जनताले भोट किन दिने ?
जसरी हिजो दुई पटक वडा अध्यक्षमा जितायो केही गर्छ र केही गरेको छ । पहिलोपटक केही गर्छ भनेर लाग्यो दोस्रो पटक गर्ने यही हो काम गर्ने भन्ने लागेर जितायो । अब त्यही जनविश्वास अहिले पनि पार्टीको तर्फबाट पार्टीको सचिवको नाताले सबै ३५ ओटै वडामा म क्रियाशील छु । मैले महानगर साँच्चिकै महानगर बनाउँछु भन्ने उहाँहरुलाई विश्वास छ । हामीहरुले भनेका नि छन् यो महानगर प्राकृतिक रुपमा सांकृतिक रुपमा सम्पन्न छ । यसलाई अझ सम्पन्न कायम गर्न अधुनिकतालाई अगाडि बढाउनुपर्छ । महानगरलाई सुन्दर, सुरक्षित, समृद्ध र जिवन्त सहरको रुपमा विकास गर्नुपर्छ । राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि महानगरपालिकामा भित्र्याउने गरिकन हामी कार्ययोजना अगाडि बढाउँछौँ । त्यस कारण सुन्दर सपना देखेका सम्पूर्ण नेपालीहरुले महानगरमा नेकपा एमालेको नेतालाई जिताउँनुपर्छ भनेर लागिरहेका छन् ।

जित्नु हुन्छ ?
जिती सकेँ । मैले अब कल्पना गरौँ यो सुन्दर ठाउँ बनाउँछु । राजधानी मौसमले मात्र सुन्दर हैन प्राकृतिक रुपले पनि सुन्दर छ । र, हाम्रो पुर्खाले बनाइदिएको सम्पूर्ण कुरा सुन्दर छन् । ठाउँठाउँमा पर्कहरु छन् । यहाँ खोलानाला छन् तर त्यसलाई व्यवस्थित गर्न बाँकी छ । हिजो कुनै समय म पनि यतै विश्व निकेदनमा पढ्थेँ र बागमतीमा खेल्न जान्थे तर अब खेल्न सक्ने अवस्था छैन । फेरि अहिले प्लास्टिकमुक्त बामती अभियान चलेर आएको छ । भोलि प्रदूषणमुक्त बागमती अभियान हामीले चलाउँछौँ । सहरलाई क्लिन सिटी बनाउनु छ, सम्पूर्ण नेपालीलाई नै सहभागी गराई विशेष गरी युवा भाइबहिनीलाई पनि सहभागी गराएर समाजिक दायित्व पनि निर्वाह गराउने र जनचेतना पनि जगाउँने हिसाबले संयुक्त रुपमा हामी काम सञ्चालन गर्छौँ ।

व्यस्त हुनुहुन्छ, अन्तमा आफ्ना मतदातालाई के भन्न चाहनु हुन्छ ?
मतदाताहरु आफैँले बुझेका छन् । धेरै भनिराख्नु पर्दैन । किन भने सिंगो देशमा एउटै लहर छ, एमालेको लहर । जहाँ गयो एमालेको लहर । महानगरपालिका मात्र चिन्ता हैन । हाम्रो चिन्ता भनेको महानगरपालिका जित्नु मात्र ठूलो कुरा हैन, देश बचाउँनु पनि छ । सम्पूर्ण नेपालिहरुलाई स्वाभिमान शीर ठाडो पारेर उभिने स्थिति बनाउने पनि हो । त्यस कारण देशको लागि जनताको लागि समग्र रुपमा काठमाडौं महानगरपालिकालाई अगाडि बढाउनका लागि एउटा सुन्दर, सुरक्षित, समृद्ध र जिवन्त सहर बनाउनका लागि नेकपा एमालेलाई जिताउँनुपर्छ । त्यसको अभियानमा सबै जुटिसकेका छन् । त्यस कारण अब आउँने सुन्दर काठमाडौं हामी पनि ‘नो माक्स सिटी’को रुपमा डेभलप गर्न चाहन्छौँ । अहिले नाक थुनेर हिँड्नु परेको छ, भोलि नाक फुलाएर हिँड्ने सहर बनाउँछौँ । त्यसकारण एमालेलाई सूर्य चिन्हमा भोट हालेर अत्याधिक बहुमतले जिताउँन म अनुरोध गर्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट