ललितपुरवासीको शीर झुक्न दिन्नँ : चिरीबाबु महर्जन (भिडियो अन्तर्वार्तासहित)

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार

ललितपुर महानगरपालिकामा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचनको पहिलो चरण (३१ वैशाख) मा यहाँ मतदान हुँदैछ । त्यसलै उम्मेदवारहरुलाई भ्याइनभ्याई छ यतिबेला । अधिकांश स्थानमा कांग्रेस–माओवादीले चुनावी तालमेल गरेको भए पनि ललितपुरमा तालमेल हुन सकेन । यही ललितपुर महागनरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार हुन्, चिरीबाबु महर्जन । उनी ललितपुरमा कांग्रेस एक्लैले धेरै मतान्तरसहित जित्ने दावी गर्छन् । मंगलबजार क्षेत्रमा आमसभा गरिरहेको स्थानमै भेटेर महर्जनसँग रिपोर्टर नेपालकी रेनु कार्कीले गर्नुभएको संक्षिप्त कुराकानी ।

तपाईंको बारेमा बताइदिनुस् न ? 

मेरो नाम चिरीबाबु महर्जन । घर पुल्चोक वडा नं ३ । म किसान परिवारमा जन्मेको । मैले एमकमसम्मको अध्यन गरेको छु । म ललितपुर महानगरपालिका तत्कालीन उपमहानगरपालिकामा म ३ पटक वडा अध्यक्षमा निर्वाचित भए । अनि म चाहिँ ललितपुरको सबभन्दा लोकप्रिय र सबभन्दा ठूलो संस्था ज्यापु समाजको संस्थापक सदस्य हुँ । ०५९–०६२ सम्मको चाहिँ म अध्यक्ष हुँ । मेरो रोजगारको सम्बन्धमा अहिले मेरो प्रोजेक्ट सकियो । १० वर्ष भयो मेरो प्रोजेक्ट सकिएको । त्योभन्दा अगाडि म त्रिभुवन इन्टरनेसनल एयरपोर्टको क्यानेडियन कन्सलटेन्टमा म्यानेजर थिएँ । मेरो तीनजना नानीहरु छन् । दुई वटा छोरी एउटा छोरा ।

चुनाव कतिको लागेको छ ? 

चुनाव त एकदमै लागेको छ । एकदम भाग दौड गरिरहेका छौँ । चुनावमा टिकट पाउनुको निम्ति निकै पापड बेल्नु पर्यो । टिकट पाइसकेपछिको अवस्थामा चुनाव प्रचारको निमित्त निकै थोरै दिन मात्र उपलब्ध भएको छ । र, ललितपुर महानगरपालिकामा अपग्रेड भएको छ । त्यसले गर्दा नगरको वडा पनि पहिलेभन्दा निकै ठूलो भएको छ ।

यो महानगरपालिकामा अहिले २९ वटा ठूला ठूला वडाहरु छन् । मर्ज भएका पहिला ३–४ वटा गाविसको ९ वटा वडा पनि अहिले एउटै वडामा मर्ज भइसकेका छन् । क्षेत्रफलको हिसाबले पनि यो ज्यादै ठूलो छ लगभग ३८ वर्ग किलोमिटर एरिया छ । जनसंख्याको हिसाबले कुरा गर्नु पर्दा लगभग २ लाख ९० हजार जनसंख्या छ । त्यसमा पनि सबैभन्दा गाह्रो पक्ष भनेको चुनाव नभएको विगत २० वर्षको दौरानमा चाहिँ यसको कोर सिटीलाई घेराबन्दीमा पार्ने आउटर स्पेसहरु सबै अहिले भरिसकेको छ ।

त्यसले गर्दा पनि यो छोटो अवधिमा यति धेरै घर दैलो प्रोग्राम गर्नु त्यती सम्भव छैन । तर पनि अब नगरी नहुने भएको कारणले हामीले चाहिँ मुख्य मुख्य मार्गहरुमा र जहाँ बढी डेन्सीटी छ त्यस्तोलाई हामीले अली बढी फोकस गरेर घरदैलो कार्यक्रम गरिरहेका छौँ । अब यो भन्नु पर्दा अली अच्चमै लाग्छ की पहिला हामीले यो वडामा तीन पटक वडाध्यक्ष जितिसकेको अवस्थामा पहिला एउटा वडामा इलेक्सन क्याम्पेन गर्दा २०–२१ दिन पाउथ्यौँ ।

तर, अब २९ वटा वडामा इलेक्सन क्याम्पेन गर्न हार्डली वि गर्ट टेन डेज योभन्दा बढी छैन त्यसले गर्दा अब ठूलोठूलो वडाहरु र १–२ दिनमा ३–४ वडामा सक्नुपर्ने छ यसले गर्दा ज्यादै नै प्रेसरमा छौँ हामी । तै पनि यो काम हामीले सुमधुर तरिकाले सम्पादन गरिराखेका छौँ । जनताको रेसपोन्सले हामीलाई इनकरेज गरेको छ ।

तपाईंले जिते ललितपुरले के पाउँछ ?

मैले जिते भने ललितपुरले निश्चितरुपले मेरो पूर्वअनुभव, मेरो एकेडेमिक क्वालिफिकेसन र अहिलेको २१औँ शताब्दीको टेक्नोलाजी आइटीको जुन क्रेज छ यी कुराहरु मसँग नलेज विज्ञता भएको कारणले मैले जिते भने यो महानगरपालिकाको गाडी मैले राम्रोसँग हाकिदिन्छुँ ।

तपाईंको एजेन्डा चाहिँ के–के छ नि ?

मेरो एजेन्डा भनेको चाहिँ मुलभूतरुपमा नगरबासीहरुले अहिलेसम्म अब विगत १५ वर्षको दौरानमा दल प्रतिनिधीको अभावमा नगरपालिका कर्मचारीतन्त्रले चलाई राखेको छ । त्यस अर्थमा नगरपालिकाको व्युरोक्रेसी चाहि दे आर नट रेसपोन्सीबल टु वार्डस द पिपुल । त्यसको मार जनताले खाइरहेका छन् । जनतामा परिरहेको छ । त्यसैले म निश्चितरुपले यो मारबाट जनतालाई मुक्त गर्छु ।

अनि यो भनि रहँदाखेरीको अवस्थामा निश्चितरुपले नगरक्षेत्रमा रहेका विभिन्न समस्याहरुमा पनि मैले ध्यान दिनुपर्ने छ । हाम्रो घोषणापत्रमा धेरै कुराहरु उल्लेख गरेका छौँ । त्यो केन्द्रको घोषणलाई हामीले नगरको घोषणामा परिणत गरेका छौँ । यहाँको लोकल कन्डिसनहरुलाई सम्बोधन गरेर राखेको घोषणापत्रको एक–दुई वटा बुँदा मात्र म तपाईंलाई भन्न चाहन्छु । त्यो के भने यहाँको ट्राफिक सिचुएसन अस्तबेस्त छ ।

कुनैपनि ठाउँमा पुग्नको निमित्त बाटोमा घण्टौँसम्म कुर्नुपर्ने हुन्छ । मेरो ठम्याइमा ट्राफिक जाम हुनुको मुख्य कारण बागमती काठमाडौंबाट ललिपुरको प्रवेश मार्गमा रहेको थापाथलीको पुलमा छ, त्यो थापाथलीको पुलमा नौँ ओटा बाटोहरु गएर ठोकिन पुग्छ । र, त्यसले गर्दा त्यहाँ एउटा बोटल वेबको रुपमा प्रोब्लम अकुमिनेट भइरहेको छ र त्यो बोटल नेकलाई फुकाउन त्यहाँ फ्लाइ ओभरको हामीले परिक्लपना गरेका छौँ ।

त्यो सम्भव छ त ?

फ्लाई ओभरलाई त्यहाँ निमार्ण गर्ने पक्षमा छु । मैले इनटायर सिटीभित्र बनाउन खोजेको होइन । त्यो सम्भावना पनि छैन । किनभन्दा यहाँ बिगत १४ सय वर्षदेखिको जुन ऐतिहासिक रातो मच्छेन्द्रनाथको रथ यात्रा छ । त्यो रथ यात्रा भनेको ललितपुरको मुख्यमुख्य सडकहरुमा चलाउनु पर्छ । र, १२ वर्षमा एकपटक बुङमतीदेखि रथ यात्रा सुरु हुन्छ सैबु, भैँसेपाटी, नख्खुतिर । बुङमतीबाट तानेर ल्याउनुपर्छ । र, त्यो ठाउँहरुमा फ्लाई ओभरको सम्भावना छैन । पु्लचोकको आकासे पुलदेखि थापाथलीसम्म चाहिँ सम्भव छ ।

काठमाडौंमा अहिले डिटेल डिजाइन भइसकेको जुन फ्लाई ओभर छ त्यसमा यसको कनेक्टिभिटी हुन्छ । र, त्यो चाहि टा«न्सपोटेसन सजिलैसँग जान्छ । तर, तपाईंको सम्भावना छ भन्ने जुन पुरक प्रश्न छ त्यसलाई मैले सम्बोधन गर्दा मलाई जहाँसम्म लाग्छ त्यो सम्भावना छ । यो मेगा प्रोजेक्ट हो । मेगा प्रोजेक्ट त्यतिकै हचुवाको भरमा चाहिँ सम्पादन गरिन्न । यसले चाहिँ फिजियोबिल्टी स्टडी गर्नुपर्छ र त्यो फिजियोबिल्टी स्टडीमा म मेयर भएर आइसकेको केही समयपछि नै गर्छु ।

जित्छु भनेर ढुक्क हुनुहुन्छ ?

जित्छु नि अवश्य ।

कसलाई प्रतिस्पर्धी मान्नु भएको छ ?

मेरो प्रतिस्पर्धी अहिले नेकपा एमाले छ तर तपाईंपछि हेक्का राख्नुस् म धेरै भोटको डिफरेन्सले जित्छु ।

कति खर्च लाग्छ अनुमान गर्नुभएको छ ?

चुनावमा मेरो जनआधार राम्रो छ । अरुलाई जस्तो मेरो खर्च त्यस्तो छैन । हुन त लास्ट कपल डेजमा अली बढी खर्च हुन्छ जस्तो लाग्छ । त्यो बेला अब कार्यकर्तालाई अरु बेलाभन्दा अली बढ्ता नै खर्च गर्नुपर्ने हुन्छ । तर, अहिले निर्वाचन आयोगको कोड अफ कन्डकटमा उल्लेख गरेको रकम साढे ७ लाख रुपैयाँभित्र नै म खर्च गर्छु । त्योभन्दा बाहीर जानुपर्ने सम्भावना मैले देख्या छैन ।

धेरै ठाउँमा माओवादी–कांग्रेस तालमेल भएको छ, यहाँ चाहिँ किन भएन ?

यहाँ पनि प्रयास त गरियो तर त्यो प्रयास चाहिँ नेपाली कांग्रेसको कार्यदल र माओवादीको कार्यदलले नै निर्णय गरेकै हो । तर, त्यो कुरा बजारमा पनि आयो । हाम्रो यो ललितपुरमा चाहिँ हामी जित्दै छौँ । तर, तालमेलको कुराले आमजनतामा लगभग रुवाबासिनै चलायो । धेरै मान्छेले चित्त दुखाए र त्यो कुरालाई हामीले हेक्का राखेर हाम्रो सभापति मदनबहादुर अमात्यज्यू र हामी इमरजेन्सी बैठक बसेर कुनैपनि हालतमा नछाड्ने पक्षमा पुग्यौँ । पछि उहाँहरुको त्यो निर्देशक ललितपुरको हकमा चाहिँ अमान्य भयो ।

अन्त्यमा आफ्नो मतदातालाई के भन्न चाहनुहुन्छ ?

मेरो मतदाताहरुलाई भन्न चाहन्छु कि, निश्चितरुपले नगरपालिका हाक्ने क्षमता ममा छ । उहाँहरुलाई यो कुरा थहा पनि छ होला । म नगरपालिका राम्रोसँग हाँकेर राम्रो सर्भिस डेलिभरी गरेर तपाईंहरुको शीर जहिले पनि उच्च राख्नमा दिन रात लागिपर्छु । आगामी चुनावमा तपाईंहरुको तर्फबाट साथै ८ रुख ७ भोटमा छाप हालिदिनुस् त्यसपछि त्यो छाप चाहि हामी आपसमा बाँडेर लिउला । म मतदाताहरुलाई यही अपील गर्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट