कीर्तिपुरका मयेरका प्रत्यासी राजकुमार नकर्मी भन्छन्

नगरपालिका सिन्डिकेटजस्तो सञ्चालन भइरहेको छ, हामी सुधार गर्छौँ (भिडियो अन्तर्वार्तासहित)

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

राजधानीको दक्षिण भेगमा अवस्थित कीर्तिपुर नगरपालिका सांस्कृतिक र ऐतिहासिकरूपमा महत्वपूर्ण छ । अहिले स्थानीय तहको निर्वाचनको चटारोमा छ कीर्तिपुर नगरपालिका । लामो समय वामपन्थी वर्चस्व रहेको यस क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादी केन्द्रका अध्यक्ष्य पुष्प कमल दाहाल प्रचण्ड नै नेपाली कांग्रेसका प्रत्यासीसँग पराजित भए । यही कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी हुन् राजकुमार नकर्मी । चुनाविक चटारोबीच रिपोर्टर नेपालले नकर्मीसँग गरेको छोटो कुराकानी ।

कस्तो चल्दैछ चुनावी गतिविधि ?
जनताको माझमा जानुपर्ने अवस्था छ र हामी अहिले विभिन्न स्वरुपमा चुनावको प्रचारप्रसार शैलीमा अगाडि गइरहेका छौँ । जस्तै घरदैलो कार्यक्रम छिट्टै हामी कोणसभा, आमसभा र वृहत पद यात्रा पनि सुरु गर्दैछौँ ।

तपाईंलाई जनताले किन भोट दिनुपर्ने ?
म नेपाली कांग्रेसको उम्मेदवार हुँ, हामीले (नेपाली कांग्रेसले) तयार गरेका मेनुफेस्टो (घोषणापत्र) को आधारमा जनता माझ गइरहेका छौँ हामीलाई लाग्छ यो देशको परिवर्तनमा चाहे त्यो राजनीतिक होस् या सामाजिक परिवर्तनमा होस् नेपाली कांग्रेसले जुन भूमिका खेल्यो, त्यो अवस्मरणीय छ । त्यसै कारणले हामीलाई विश्वास छ कि अबको यो संविधान निमार्णसँगै देशमा शान्तिको स्थापनासँगै आर्थिक समृद्धिको अभियानमा नेपाली कांग्रेस लागेको छ र ती अभियानसँग जोडिएर हामी घरदैलो कार्यक्रममा जाँदै छौँ । हामी जनताको माझ जाँदै छौँ । त्यस कारणले मलाई लाग्छ जनताले नेपाली कांग्रेसलाई मात्र भोट दिने छन् ।

तपाईं आफ्नो प्रतिस्पर्धी कसलाई मान्नु हुन्छ ?
अब देशको प्रमुख दलका उम्मेदवारहरु नै मेरो प्रतिस्पर्धी हुने छन् । त्यसमा हाललाई यही मेरो प्रतिस्पर्धी भन्न चाहिँ गाह्रो छ । तर, विगतको नतिजालाई हामीले विश्लेषण गरेर हे¥यौँ भने पछिल्लो निर्वाचन भनेको ०७० सालको संविधानसभाको निर्वाचन नै हो । त्यो नतिजालाई विश्लेषण गरी हे¥यौँ भने हामीले यो क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर जितेका हौँ । र, हाम्रो कीर्तिपुर नगरपालिकाको हकमा चाहिँ हाम्रो प्रतिस्पर्धा भनेको नेकपा माओवादीसँग हो त्यो नतिजाको विश्लेषण गरेर हेर्ने हो भने ।

कीर्तिपुर त वामपन्थीहरुको अखडा भनेको सुनिन्छ खास कुरो चाहिँ के हो ?
कुनै बेला कीर्तिपुरमा वामपन्थी नेताहरु विशेष गरेर ठुल्ठूला नेताहरु जसले नेपालमा वामपन्थी आन्दोलनलाई गति दिएका थिए जस्तै उदाहरणको लागि नरबहादुर कर्मचार्य, मनमोहन अधिकारी, निर्मल लामाजस्ता नेताहरुले यहाँ सेल्टरको रुपमा आउनु हुन्थ्यो, बस्नु हुन्थ्यो र उहाँहरुको संगठन गर्नु हुन्थ्यो । तर, अहिले परिवेश र घटना फेरिइसकेको छ । अहिले जनता धेरै शिक्षित भइसकेका छन् । अहिलेको युवा पिँढीले धेरै उतारचडापहरु देखिसकेको अवस्था छ । युवाको यो पुस्तामा परिवर्तनको चाह छ । र, त्यो परिवर्तन लोकतन्त्रमुखी परिवर्तन हो । त्यो परिवर्तन समृद्धिमुखी परिवर्तन हो । त्यस कारण लोकतन्त्र र समृद्धिसँग जोडिएर अहिलेसम्म अगाडि बढिरहेको पार्टी भनेको नेपाली कांग्रेस हो । त्यस कारण वामपन्थीकै गढ भनेता पनि, हुन त म लोकतन्त्रमा विश्वास गर्छु । लोकतन्त्रमा कुनै पनि गढ भन्ने कुरा हुँदैन त्यस कारण मलाई यहाँ गढ त भन्न मन लाग्दैन, हिजो उहाँहरुको वर्चस्व थियो । तर, त्यो वर्चस्व हामीले तोडिसक्यौँ संविधानसभाको दोस्रो चुनावमा ०७० सालको चुनावमा हामीले त्यो तोडेर देखाइसकेका छौँ त्यस कारण र यो चुनावमा पनि हाम्रो विजय सुनिश्चित हुनेछ ।

जित्नुभयो भने के–के गर्नु हुन्छ ?
कीर्तिपुर नगरपालिका अब ०५३ साल चैत्र महिनामा गठन भएको नगरपालिका हो । उमेर हे¥यो भने करिब २० वर्ष भयो तर चुनाव त ०५४ सालपछि एकपटक मात्र भएको अवस्था हो । त्यस कारण यो कीर्तिपुर नगरपालिका अहिले पनि यो बालक अवस्थामै छ भन्ने मेरो बुझाइ हो । किन भने यहाँको पूर्वाधारलाई हामीले हे¥यौँ भने अथवा यो चाहिँ उद्योगधन्दाको अवस्था हे¥यौँ भने, यहाँको कृषिको अवस्था हे¥यौँ भने अहिले पनि थुप्रै सुधारहरु गर्नुपर्ने अवस्था छ । जुन चुनाव नभइदिँदा यो जनप्रतिनिधि नभइदिँदा एक किसिमबाट अवरुद्ध भएको अवस्था छ । विकासको गतिविधि नै अवरुद्ध भइरहेको अवस्था थियो र अहिले हामी निर्वाचित भयौँ भने प्रथम त हाम्रो काम यी आधारभूत विकासलाई हामी निरन्तरता दिने नै छौँ । तर, त्योभन्दा पनि नगरपालिकाको अव्यवस्थालाई हामी सुधार गर्छौँ नै यो हाम्रो पहिलो स्टेप हुनेछ । नगरपालिका अहिले यसरी सञ्चालन भैराखेको छ त्यो नगरपालिका नभइकन पार्टी विशेषको अथवा एउटा आस्था विशेषको सिन्डिकेट जस्तो सञ्चालन भइराखेको छ । त्यो सिन्डिकेटलाई तोड्नु छ किन कि कुनै पनि कीर्तिपुरको जनता नगरपालिकाको काम, शैली, बजेट बाँडफाँड, कुनै पनि कुरामा सन्तुष्ट छैनन् । जनतालाई सन्तुस्ट गराएर एउटा आत्मविश्वास निमार्ण गरेर विकासको कार्यमा संलग्न अथवा सहभागी गराएर अगाडि बढने नै हाम्रो प्रथम लक्ष्य हुने छ ।

चुनावमा कति खर्च लाग्छ जस्तो लाग्छ ? अनुमान गर्नुभएको छ ?
खर्च यति नै भन्नुभन्दा आचारसंहिताले तोकिदिएको छ । हामी त्यो आचारसंहिताभन्दा नागेर तडकभडकमा जादैनौँ हामी निश्चित रुपमा यो आचारसंहिताकै सीमाभित्र बसेर काम गछौँ । यद्यपि बजार धेरै महँगो भइसकेको छ । त्यो महँगाइले यो चुनावलाई पनि महँगो बनाएको अवस्था छ । यति नै भनेर खर्च भन्नुभन्दा पनि सकेसम्म कम खर्च गरेर यो चुनाव हामी लड्दै छौँ । परिस्थितिलाई धन्यवाद पनि दिन चाहन्छु किन भने थोरै समयमात्र चुनाव प्रसारप्रसारमा समय छ हामीसँग । चुनाव प्रचासप्रसार थोरै समय हुँदा पनि थुप्रै आर्थिक बोक्रले हामी मुक्त भएका छौँ । यदि यो चुनाव प्रचारप्रशार गर्नुपर्ने भए हाम्रो पनि ढाड भाच्ने थियो होला यो चुनावको खर्चले ।

जित्छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?
यसमा सतप्रतिशत विश्वस्त छु । किनभने म ०६२÷६३ को जनआन्दोलन कीर्तिपुरको जनआन्दोलनलाई नेतृत्व गरेको पात्र हुँ । र, ०६२÷६३ देखि नगरपालिकामा गठन भएको राजनीतिक संयन्त्रमा बसेर नगरपालिकालाई सपोर्ट गर्दै आएको मन्छे हुँ त्यस कारण त्यो बीचमा मैले थुप्रै पटक अवसर पाएँ जनतासँग एआकार भएर, काम गर्न पाएँ, त्यो बीचमा कीर्तिपुर नगरपालीकाको थुप्रै समस्यालाई लिएर जनताहरुमा जाने अवसर पाएँ । र, मलाई लाग्छ निमान्दारीकासाथ ती व्यक्तिका समस्याहरुमा आफूलाई उपस्थित गराउन सकेँ । र, त्यसै आधारमा मलाई हेरिरहेको छ जस्तो लाग्छ । र, जनताको पनि आशा छ नेपाली कांग्रेसको राजकुमारले नै कीर्तिपुर नगरपालिका सुधार गर्छ त्यो क्षमता उहाँसँग छ भन्नेमा जनता विश्वस्त हुनुहुन्छ । र, जनताको त्यो विश्वासलाई म कुठाराघात हुन दिने छैन । त्यो विश्वासलाई वास्तविकतामा परिवर्तन गर्नु नै मेरो अग्नी परीक्षा हुनेछ ।

कीर्तिपुरका समस्याहरु भन्नु भयो, के–के समस्या छ ?
कीर्तिपुर र काठमाडौं पृथक छैन । समस्या उस्तै छ । वातावरणको समस्या, खानेपानीको समस्या, सडकको समस्या, शिक्षाको समस्या, रोजगारको समस्या, केही पृथक छ जस्तो मलाई लाग्दैन । यद्यपि कीर्तिपुर तुलनात्मक रुपमा काठमाडौं डाउन टाउनभन्दा वातावरणमा कम क्षति भएको छ । तर, रोजगारको सवालमा, आर्थिक गतिविधिको सवालमा कीर्तिपुरमा अझै पनि समस्या छ । त्यो समस्या समाधान गर्ने क्षमता म राख्छु भन्छु । यद्यपि समस्या कम चाहिँ छैन ।

अन्त्यमा आफ्ना मतदाताहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
म आदरणीय कीर्तिपुर नगरपालिकाका मतदाताज्यूहरुलाई आग्रह गर्न चाहन्छु, यो अहिले जुन स्थानीय तहको निर्वाचन हुँदै छ यसलाई सिर्फ स्थानीय तहको निर्वाचनको रुपमा नलिइकन यो परिवर्तनको लागि आएको अवसरको रुपमा ग्रहण गर्न आग्रह गर्न चाहन्छु । हामी थुप्रैले कीर्तिपुर नगरपालिकाको अव्यवस्थाका कारणले २०औँ वर्ष दुःख झेल्यौँ । र, यहाँ कसले हिजोको अवस्थासम्म नेतृत्व गरेका छन् कीर्तिपुर नगरपालिकालाई र यो कीर्तिपुरको सबै समस्याको जनतामा कुन पार्टी कुन दलको कारणले भयो कीर्तिपुरलाई छर्लंग छ । त्यस कारण ती शक्तिहरुसँग सतर्क रहन आग्रह गर्न चाहन्छु । र साँचि नै कीर्तिपुरको समग्र विकासको लागि नेपाली कांग्रेस मात्र सक्षम पार्टी भएको कारणले भोट दिएर नेपाली कांग्रेसलाई विजय गराउन आग्रह गर्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट