निर्वाचनका लागि मोबाइल एप्स सञ्चालनमा

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

काठमाडौं, १५ वैशाख । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टर २०७४ वैशाख १५ देखि आउँदो असार ३ सम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी, इसिएन एप्स आयोगको वेबसाइट www.election.gov.np  वा  android ios मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप्स स्टोरबाट डाउलोड गरी इन्स्टल गर्न सकिनेछ ।

मोबाइल एप्सबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाइने छ ।

आज प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एप्सको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

सञ्चालनमा ल्याएको उक्त एप्सबाट निर्वाचनसम्बन्धी नेपाली र अंग्रेजी दुवै भाषामा सरल रुपमा जानकारी उपलब्द गराइने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट