म्यादी प्रहरीमाथि गृहको निगरानी

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

काठमाडौं, १५ वैशाख । म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै गृह मन्त्रालयले कडा निगरानी गर्न थालेको छ ।

गृहमन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने आशंका गर्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालेको हो ।

म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकले सोसम्बन्दी खबर आज प्रकाशित गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट