चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

काठमाडौं, १४ वैशाख । आसन्न स्थानीय तह चुनावमा नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् । संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

सरकारले २९ चैतमा सुरक्षा परिषद्को निर्णयअनुसार सेना परिचालनका लागि सिफारिस गरेको थियो ।

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना बनाइएको छ, जसअनुसार नेपाली सेना तेस्रो घेरामा रहनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट