वैद्यको पार्टीले गोरखामा उम्मेदवार तोक्यो

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

गोरखा, १४ वैशाख । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ ।

गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नगरपालिकाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली उम्मेदवार बन्ने टुंगो लगाएको छ ।

त्यसैगरी, पालुङटार नगरपालिकाको वडा नं. ६ को वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरिएको पार्टीका नेता नारायण अधिकारीले जानकारी दिए ।

दुई नगरपालिका, नौ गाउँपालिका र ९४ वडा रहेको गोरखामा उक्त पार्टीले अन्यत्र भने उम्मेदवार बनाएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट