आज मनमोहन स्मृति दिवस

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृती दिवसको सम्झनामा एमालेले आज विभिन्न कार्यक्रम गर्दैछ ।

पार्टीका तत्कालीन अध्यक्ष अधिकारीको स्मृती दिवसको अवसरमा एमालेले ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा अहिले केहीबेरमा स्मृती सभाको आयोजना गर्दैछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीहित अधिकांश शीर्ष नेता सहभागी हुने सो सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बिक्रम सम्बत १९७८ सालमा काठमाडौंमा जन्मिएका अधिकारीको २०५६ साल १३ बैसाखमा निधन भएको थियो । ०५१ सालको मध्यावधी निर्वाचनमा कुनै पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा अधिकारी मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए ।

अधिकारी नौ महिना मात्र सत्तामा रहे पनि उनको कार्याकाल अत्यन्त सफल मानिन्छ । उनको शासनकाल अहिले पनि ‘नौ महिने सरकार’ को रुपमा चर्चित छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट