ट्रम्पलाई अदालतको अर्को धक्का : आप्रवासीमैत्री सहरको अनुदान रोक्न नमिल्ने

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । आप्रवासीहरुलाई निकाला गर्न अस्वीकार गर्ने सहरलाई संघीय अनुदान नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ ।

सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजनालाई रोकिदिएका हुन् । संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को र सान्टा म्लोरा काउन्टीले मुद्दा हालेका थिए ।

त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट अन्तिम टुंगो नहुँदासम्म राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् ।

अदालतको आदेशप्रति ट्रम्प प्रशासन रुष्ट बनेको छ र ह्वाइट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसले आदेश बहुलट्टी भएको टिप्पणी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट