चैत २४ बाट ‘आन्दोलन’ !

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

काठमाडौं, २३ चैत । चैत २४ गतेदेखि सुरु हुन लागेको नाटक ‘आन्दोलन’ बैशाख ११ गतेसम्म चल्ने छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा भोलिदेखि नाटक ‘आन्दोलन’ सुरु हुन लागेको हो ।

सौरभ कार्कीको लेखनमा रहेको आन्दोलनलाई सुदाम सिकेले निर्देशन गरेका छन् । आन्दोलनका कलाकारहरुमा रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन् । त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायत छन् ।

थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठका अनुसार ‘आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र ब्रजाचार्यले ६२/६३ को आन्दोलनमा खिचेका तस्वीरहरु पनि प्रदर्शन गरिने छ ।

६२/६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग यस नाटक हरेक साँझ ठिक ५:३० बजे र शनिबार दिउँसो १:३० बजे मञ्चन हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट