सुरु भयो बुटवलमा दोस्रो जुत्ता व्यापार मेला

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

रुपन्देही, १२ चैत । नेपाली जुत्ता घरको सहआयोजना र नेपाल युवा उद्यमी मञ्च बुटवल च्याप्टरको आयोजनामा बुटवलमा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिजोदेखि दोस्रो जुत्ता व्यापार मेला २०७३ सुरु भएको छ ।

५० हजार बढीले अवलोकन गर्ने अपेक्षा लिइएको मेलामा नेपालमा भएका विभिन्न आठ उद्योगका १० किसिमका उत्पादन राखिने आयोजक मूल समितिका संयोजक सुमोदमान सैंजुले जानकारी दिएका छन् ।

रु एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको मेलामा अवलोकनकर्ताका लागि १५ देखि ७० प्रतिशत छुट दिइने पनि आयोजकले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट