चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

पोखरा, ११ चैत । यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा १४ औँ फेवा नववर्ष महोत्सव हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘फेवातालको संरक्षण गरौँ’ नाराका साथ पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहनेसङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए ।

नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवका थप आकर्षणमा पाँच तारे होटलदेखि पोखरा क्षेत्रका गाउँ घरमा पाइने खानाका परिकार एकै थलोमा पाइने, सांस्कृतिक कार्यक्रम, बाल उद्यान तथा कृषि उपजको प्रदर्शनी रहेको छ ।

दिन प्रतिदिन प्रदूषित र सङ्कुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट