उच्च गुणस्तरको अस्पताल निर्माण अन्तिम चरणमा

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

वीरगन्ज, ११ चैत । वीरगन्जको गण्डक नजिक कामधेनु कोलोनीमा नारायणी बयोधा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्रिभुवन राजपथको पश्चिममा पर्ने कामधेनु कोलोनीमा निर्माणाधिन अस्पतालको ८० प्रतिशत काम सम्पन्न भइसकेको हो ।

हाललाई १०० बेड हुने अस्पतालको ५ तले भवन निर्माण भइरहेको छ । अस्पतालको छतमा हेलीप्याड राख्न मिल्ने गरि भवन बनाइने तयारी भइरहेको र त्यस बाहेक सवारीसाधन पार्किङदेखि ल्याब, वार्ड, आइसियु, भेन्टिलेटर सबै सुविधा सम्पन्न र उच्च गुणस्तरको हुने जनाइएको छ ।

अस्पतालमा ५० करोड रुपैयाँ लगानी थपेको बयोधा समुहको स्थानिय साझेदारको रुपमा वीरगन्जका व्यापारी अशोक वैद्यले वीरगन्जका अन्य अस्पताल भन्दा प्रभावकारी स्वास्थ्य सेवा दिने अभिप्रायले ठूलो लगानी गरेको बताए । उनका अनुसार अस्पतालमा सुरुदेखि नै ‘मल्टी स्पेसलिस्ट’ डाक्टर टोली काम गर्ने छन् । बयोधा नारायणी वीरगन्जकै उत्कृष्ट अस्पताल हुने उनको दाबी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट