सेयर बजारमा उछाल कायमै

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

काठमाडौँ ।  बुधबार सेयर बजार करिव ५० अंकसम्म बढे पनि बन्द भने करिव १९ अंकमा भएको छ । सुचक १४८१ अंकमा रोकिएको छ ।  १४६ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको सेयर दिनभरीमा किनबेच भएको छ।

आजको कारोबारमा सुरुवाती बढोत्तरी भने बजारले कायम राख्न सकेन । १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ अंकसम्म छोएको थियो । कारोबारको अन्तमा बिक्रि चाप बढेपछि ३१ अंकले बजार खुम्चिएको थियो।

दिनभरीमा २४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड रुपैयामा खरीद बिक्रि भएका छन् । आजको कारोबारमा सबैभन्दा बढी सात करोड १६ लाख रुपैयाको कारोबार गर्दै सानिमा बैंक पहिलो भएको छ भने पाँच करोड ९४ लाख रुपैयाको कारोबार गर्दै नेपाल बैंक दोस्रो भएको छ ।

बुधबार सबैभन्दा बढी समुहगत रुपमा बिमा कम्पनीको शेयर चार लाख ४२ हजार कित्ता शेयर ६४ करोड ६८ लाख रुपैयामा खरीद बिक्रि भयो । समुहगत कारोबारमा बैंक दोस्रो भएको छ।

बुधबार सात समुहको शेयर कारोबार हुँदा ६ समुहले कमाएका छन् भने बिमा समुहले मात्र गुमाएको छ । बैंकिंग २७.६, होटल २७.२८, बिकास बैंक समूह ४०.४७, जलबिधुत २५.४१, फाइनान्स ८.२१ र अन्यमा २.९ अंकको वृद्धि भएको छ । बिमामा ११६ अंकको गिरावट आएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट