दशक पहिले खिचिएका फोटो प्रदर्शनी सुरु

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

पोखरा, १० चैत । पोखरामा स्विस विकास सहायताका प्रवर्तक टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी सुरु भएको छ ।

पोखराको लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तीन महिनासम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा नेपालको विशेष गरी हिमाली क्षेत्रसहित काठमाडौँ र पोखराको विभिन्न स्थानबाट छ दशक पहिले खिचिएका १०५ वटा फोटो रहेका छन् ।

बिहीबार काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति डा सुरेशराज शर्माले सो प्रदर्शनीको उद्घाटन गर्दै नेपालको शैक्षिक एवं औद्योगिक विकासमा टोनी हागनको महत्वपूर्ण योगदान रहेको बताए ।

टोनी हागनका छोरी डा काट्रिन हागनको फोटोले विगतलाई जीवन्त राखेको बताउँदै प्रदर्शनीलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउनुपर्नेमा जोड दिए । टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले टोनी हागनले नेपालको ७५ जिल्लाको करिब ४० हजार किलोमिटर पैदलयात्रा सम्पन्न गरेको जानकारी दिए ।

नेपाल पर्वतारोहण सघंका अध्यक्ष आङछिरीङ शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक सान्तवीर लामाले फोटो प्रदर्शनीले सङ्ग्रहालयको गरिमालाई उच्च बनाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट