राजधानीका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टिङ मेसिन) जडान गर्ने कार्य सुरु गरेको विभागले उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागले जनाएको छ ।

विभागका अनुसार दैनिक एक सय ५० भन्दा बढी ट्याक्सीमा प्रिन्टर जडान गरिएको  छ । प्रिन्टर मेसिन जडान गर्दा ट्याक्सी सञ्चालकलाई पाँचदेखि आठ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ ।

आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न विभागले आम ट्याक्सी चालकलाई जनचेतनामूलक कार्यक्रममार्फत सन्देश पनि दिएको छ ।

साथै समयमा नै आफ्नो ट्याक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी चालकलाई ट्याक्सी चलाउन रोक लगाउने समेत विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र हाल दश हजारको हाराहारीमा ट्याक्सी रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट