पहिलो दिन स्ट्यान्डर्ड चार्टर्डको एफपिओमा एक अर्ब बढीको आवेदन

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । मंगलबारदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओमा पहिलो दिन एक अर्ब चार करोड रुपैया बराबरको आवेदन परेको छ ।

एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रिजेश घिमिरेका अनुसार करिव दश हजार आवेदन मार्फत उक्त रकम बराबरको आवेदन परेको हो ।

कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइने छ । १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर बैंकले शेयर निष्कासन गरेको हो ।

बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गरेको छ ।

बैंकको शेयर आफ्नो खाता रहेको बैंकबाट अास्वा प्रणाली र पुरानै शैलीमा  आवेदन दिन सकिने घिमिरेले जनाएका छन् ।

बैंकको एफपिओमा चैत ४ गतेसम्म आवेदन दिन सकिने घिमिरेले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट