दार्चुला पर्यटन महोत्सव यहि चैत ५ देखि सुरु हुँदै

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १६ फागुन । दार्चुलाको सदरमुकाम खलंगामा आउँदो चैत ५ देखि १२ गतेसम्म दार्चुला पर्यटन महोत्सव आयोजना सुरु हुने भएको छ । सुदूरपश्चिमको विकटमध्येको एक दार्चुलाको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ दार्चुलामा उक्त महोत्सव हुन लागेको हो ।

चीन र भारतको नाका जोडिने दार्चुलामा पहिलो पल्ट बृहत पर्यटन महोत्सव हुन लागेको हो ।

दार्चुलामा रहेको धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएका अल्लोको कोट, पाइन्ट, ऊनको कोट, मखलर, मोजा, टोपी, राडी र स्तरिय गलैचा मुख्य आकर्षण रहने काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाका अनुसार महोत्सवमा आउने देशी तथा विदेशी पाहुँनालाई होटलमा १० प्रतिशत छुट सहुलियत दिइने छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री दीलेन्द्रप्रसाद बढु, नेकपा एमालेका निर्वतमान केन्द्रिय अनुशाषन समितिका सदस्य एवम समाज कल्याण परिषदका कोषाध्यक्ष बीरबहादुर ठगुन्ना, नेकपा केन्द्र दार्चुलाका सदस्य मन्जु बम र नेकपा संयुक्तका निर्वतमान अध्यक्ष एवम पूर्वमन्त्री चन्द्रदेव जोशीको पनि उपस्थिति थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट