नेपाल लगानी सम्मेलनको तयारी सम्पन्न

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १५ फागुन । काठमाडौंमा यहि फागुन १९ र २० गते हुने नेपाल लगानी सम्मेलनको तयारी सम्पन्न भएको छ ।

‘नेपालमा लगानीका सम्भावनाहरुको उपयोग’ भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग र अन्य निजी संघसंस्थाको सहयोगमा उद्योग मन्त्रालय र लगानी बोर्डले सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा नेपालमा लगानीका सम्भावनाका क्षेत्रहरु, लगानी आकर्षित गर्न नेपालले अघि बढाएका प्रशासनिक एवं कानुनी सुधारका प्रयास र यहाँ लगानी गर्दा हुने लाभका बारेमा छलफल हुने छ ।

सम्मेलनको प्रधानमन्त्री उद्घाटन पुष्पकमल दाहालले गर्ने छन् भने प्रमुख वक्ताका रुपमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी हुने जनाइएको छ । यस्तै एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसहित विभिन्न विकास साझेदार संघसंस्थाका प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट