यस्तो छ साउँदीका महिलाको जीवनशैली

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

साउँदी अरबको संबा फाइनेन्शियल ग्रुपको सीईओ एक महिला रनिया नशर हुन । साउँदीमा महिलाहरुमाथि कडा कानुन र प्रतिबन्ध लगाउँदा पनि यी महिला यो पदमा पुग्नु धेरै ठूलो कुरा हो । एक सामान्य महिलाको जीवन यस्तो छ साउँदीमा ।

१. साउँदीमा महिलाहरुले घर बाहिर अपरिचित लोग्ने मानिसहरुसंग बोल्न पाईदैंन । यदि कोही अपरिचित मान्छेसंग बढी कुरा गरेको भेटिए कारवाही समेत गरिन्छ ।

२. यहाँ यस्ता काम नलाग्ने कानुनहरु छन् जसले महिलाको सामान्य दिनचर्यामा पनि असर गर्दछ ।

३. यहाँका महिलाहरुले अबाया (बुर्का) लगाउनु पर्छ । बुर्का बिना उनीहरुले फोटो पनि खिच्न पाउँदैंनन् ।

४. साउँदी अरब एउटा यस्तो देश हो जहाँ सार्वजनिक स्थानमा फोटो लिएका कारण एक विद्यार्थीलाई पक्राउ गरिएको थियो ।

५. हालै एक ब्रिटिश डकुमेण्ट्री फोटोग्राफर ओलिविया आर्थरले महिलाहरुको जीवनशैलीलाई आफ्नो क्यामराको माधयमबाट देखाए । ओलिवियाका अनुसार साउँदीमा महिलाहरुलाई फोटोग्राफीका लागि घर बाहिर जान बन्देज छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट