३४ ट्रक चौँरी गाई निकासी

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

सोलुखुम्बु, १४ फागुन । करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ ।

गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर सो सङ्ख्याको चौँरी गाई जिल्ला बाहिर लगिएको जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालले बताए । एउटा ट्रकमा साना बाच्छाबाच्छी करिब २०-२२ वटा र ठूला चौँरी १२-१३ वटाको दरले लैजाने गरेको उनले बताउ ।

सडक सञ्जालले गाउँ जोडिएपछि व्यवसायीले जङ्गलमै पुगेर चौँरी गाई लैजाने गरेका हुन् । जिल्लाबाट सङ्खुवासभा, भोजपुर, पाँचथरलगायतका जिल्लामा लैजान अनुमति माग भएको र कतिपयले पाल्नका लागि लगेको र केही त्यहाँबाट तिब्बत निकासी भएको हुनसक्ने पशु सेवा कार्यालयले जनाएको छ ।

अत्याधिक रुपमा चौँरी गाई अन्यत्र निकासी हुन थालेपछि कार्यालयले नियन्त्रण र सङ्ख्या वृद्धिका लागि चासो देखाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट