पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

पोखरा, १२ फागुन । पोखरा सभागृहमा बिहीबारदेखि छैटौँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा ‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ सो मेला सुरु भएको हो । कार्यक्रम संयोजक पङ्कज पौडेलका अनुसार मेलामा ३५० भन्दा बढी प्रजातिका फूलहरु राखिएका छन् ।

सो प्रदर्शनी तथा व्यापार मेलामा २९ वटा कक्ष रहेका छन् । क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले मेलाको शुभारम्भ गर्दै पूmलको कारोबार बढ्दै गएकाले व्यावसायिक रुपमा लागेर आयआर्जन गर्न पुष्प व्यवसायीसँग आग्रह गरे ।

अहिले पनि ५० प्रतिशतभन्दा बढी पूmल विदेशबाट आयात गर्नुपर्ने स्थिति रहेकाले पूmलमा आत्मनिर्भर बन्न यसको व्यवसाय अझ बढाउनुपर्नेमा क्षेत्रीय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट