तेस्रो मुलुकबाट नेपाल भित्रिने सामानमा भारतले लिने सेवा शुल्क हट्यो

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, १२ फागुन । हालै मात्र भारतको वित्त मन्त्रालय, राजश्व विभागले भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाइने सेवा शुल्क हटाएको छ ।

हालै मात्र सूचना निकालेर भारतीय बाटो हुदैँ तेस्रो मुलुकबाट नेपाल भित्राउने सामानमा भारतले लगाउदैँ आएको साढे ४ प्रतिशत सेवा शुल्क हटाएको हो । उक्त सूचनामा भारतबाट आएको भारतकै सामान भएमात्र कर लाग्ने तर, दोस्रो मुलुकमा भारत हुदैँ नेपाल ल्याइने सामानमा भने यो कर नलाग्ने उल्लेख गरिएको छ ।

भरतले करिव एक महिनाअघि सूचना प्रकाशित गर्दै तेस्रो मुलुकबाट भारतीय बाटो हुँदै आयात हुने सामानमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । जसले गर्दा नेपालमा भित्रीने सामानको मुल्यमा ठूलो असर परेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट